ट्रेंडिंग:

>> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड

युगका शहिदहरूलाई सतत् नमन्

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

के शहिदहरूले यही स्थिति आउने सपना देखेका थिए ? आज प्रातः स्मरणीय शहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीलाई सम्झना गर्दा मेरो मनमा यही प्रश्न बारम्वार दोहोरिईरह्यो । मेरो मनमस्तिष्कमा बारम्वार दोहोरिने यस प्रश्नले ती शहिदहरूको चरित्र, त्याग, तपस्या, प्रवृत्ति चिन्तनधारा, संघर्ष अनि जनक्रान्तिको अग्निज्वालामा आफूलाई आहुति दिँदा नेपाली जनताको सर्वतोमुखी उन्नति र नेपाल राष्ट्रको समृद्धिप्रति आफ्नो बलिदान सार्थक वन्ने कुरामा उनीहरू दृढ विश्वस्त थिए । यिनै शहिदहरूको प्रेरणाबाट अभिप्रेरित भई उनीहरू पछिपनि जनता र यो देशको लागि आजसम्म हजारौं नेपालीहरूले प्राण उत्सर्ग गरेर शहादत प्राप्त गरे । अभिव्यक्तिको स्वतन्त्रता, सभा सगंठन गर्ने स्वतन्त्रता, सत्तासीनहरूको निरंकुशता, व्यभिचार तथा देशलाई विदेशी शक्ति राष्ट्रको खेल मैदान वन्न दिने शासकहरूको प्रवृृत्तिका विरुद्ध जनक्रान्तिका हरेक अग्निज्वालामा यसपछि पुनः प्राणको आहुत दिएका तमाम ज्ञात अज्ञात हजारौं शहिदहरू प्रति हृदयदेखि नै श्रद्धाञ्जली अर्पण गर्न हामी सबै नेपालीहरूको कर्तव्य हो । साथै यि शहिदहरू भन्दा पनि विभिन्न प्रसंगमा तत्कालीन शासंकहरूले विभिन्न किसिमबाट प्राण हरेका अज्ञात शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली दिनु हाम्रो कर्तव्य हो ।

सबै ज्ञात अज्ञात शहिदहरू प्रति हामी नतमस्तक छौं । जततामाथि दमन, अत्याचारको शोषणविरुद्ध शहिदहरूले प्राण उत्सर्ग गरेका थिए । देशको सार्बभौम सत्ताको संरक्षणका निम्ति शहिदहरूले प्राण उत्सर्ग गरेको थिए । सत्तामा वस्नेहरूको निरंकुश प्रवृत्ति र उनीहरूले सत्ता र शक्तिको आडमा जताततै उपद्रो मच्चाई देश र जनतालाई थाङनामा सुताई आफू अजेय शक्ति बनी भ्रष्टाचार र दुराचारको साम्राज्य फैलाउने चाहने निन्दनीय प्रवृत्तिकोविरुद्ध हाम्रा ज्ञात अज्ञात हजारौं शहिदहरूले आफ्नो प्राणको वलिदान दिएर हामीलाई सुशासन र समुन्नतिको उपहार दिएका हुन् । आज दुःखका साथ भन्नुपरेको छ कि शहिदहरूले दिएको त्यो उपहार खोसिएको छ । सभा संगठन गर्ने स्वतन्त्रता त छ तर त्यो सभाका सत्तामा वस्नेहरूले आफ्नो शक्तिको दुरूपयोग गरी राजनीतिक विवाद र गंभीर अशान्तिको पृष्ठभूमि तयार पारिरहेको तथ्यलाई जनतासमक्ष राख्दा यस्ता अभियन्ताहरूलाई अनेक किसिमको मुद्दा लगाएर थुनछेक गरेर ठेगान लगाउने अभ्यास चलिरहेको छ । शासकहरूले विदेशमा त्यहाँका विभिन्न वित्तीय संस्थाहरूमा धमाधम लगानी गर्न थालेका र स्वीस बैक लगायत विभिन्न विदेशी बैंकहरूमा पैसा राखेको कुरा खोज पत्रकारहरूले उदांगो पारिदिएर घाम जस्तै छर्लङ्ग पारिदिएका छन् तर पनि आफ्ना कुकर्मप्रति जनताका समक्ष आत्मालोचना गरी आफ्ना गल्तीहरू सच्याउने पक्षमा छैनन् । वरु खोज पत्रकारहरूलाई देशमा वस्ने नसक्ने अवस्था सिर्जना गरेर देशलाई राँडीको राज भन्ने उखान चरितार्थ पारेको अवस्था छ ।

भुटानी शरणार्थी काण्ड, बालमन्दिर जग्गा घोटाला काण्ड, वालुवाटार जग्गा घोटाला काण्ड, गिरिबन्धु टि स्टेट, टिकापुर जग्गा घोटाला काण्ड जस्ता निन्दनीय अपराधहरूमा सत्तामा वस्ने माथिल्लो तहका व्यक्तिहरूकै प्रत्यक्ष संलग्नता रहेको जान्दाजान्दै पनि उनीहरूलाई नै पुजनीय व्यक्ति मानिदिनु पर्ने संस्कारको विकास भइरहेको देख्दा देशको हालत संकटपूर्ण अवस्थामा छ भन्ने तथ्य जगजाहेर छ । तर, सत्तासीनहरू कुनैपनि हालतमा सच्चिने पक्षमा दखिदैनन् । अहंकार, दम्भ र घमण्डले चुलिएका शासहरू आफ्नो भजन गाईरहने भजनमण्डली वाहेक अरूलाई फुटेको आँखाले देख्न चाहदैनन् । सबैभन्दा ठूलो विडम्वना त के छ भने पार्टीभित्र सीमित कार्यकर्तालाई अलि अलि पकेट खर्च दिएर तथा माथिल्लो ओहदाका व्यक्तिहरूलाई भ्रष्टाचार र लुट धन्दामा खुल्ला छुट दिएर आफ्नो पक्षमा बनाई आफूले सत्ता र शक्तिको दुरूपयोग गरी मच्चाएको उपद्रोका विरुद्ध आवाज उठाउनेहरूलाई पाए कै साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने र त्यस्तो अनुचित कार्यशैली अपनाउने पार्टीका मुखियाप्रति उनको हो मा हो मिलाई मुन्टो हल्लाउने प्रवृत्तिले विकराल रूप लिन थाल्दा लाग्छ के ती हाम्रा ज्ञात अज्ञात हजारौं शहिदहरूले देशमा यही स्थिति ल्याउने सपना लिएका थिए ? तर मुलुकमा आजको जस्तो अवस्था आओस भन्ने संकल्प थियो त हाम्रा शहिदहरूको ? के देशमा यस्तै स्थिति बरकरार रहोस भन्ने कामना गरेर आफनो प्राण उत्सर्ग गरेका थिए ?

हाम्रा प्रातः स्मरणीय पुजनीय शहिदहरूले संगठनको अधिकार लगायत सबै मानव अधिकार जनतालाई दिलाएरै छाड्ने संकल्प लिएका थिए । अभिव्यक्ति लेखन र अन्य तमाम पक्षहरूमा स्वतन्त्रता हासिल गराएरै छोड्ने प्रण गरेर आफूलाई आहुती दिएका थिए । शोषित पीडित जनताको कल्याण एवं उत्थान उनीहरूले दिएको बलिदानको अंग हो । राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, अखण्डता उन्नयनको सपना उनीहरूको बलिदानीको पूर्व सर्त थियो । शहिदहरूका यी पूर्व सर्तहरूलाई हामीले आज कति कापालन ग¥यौ ? देशको समृद्धि र जनताको कल्याण हाम्रा शहिदहरूका जुन आकांक्षा हुन् आज हाम्रा कृयाकलापहरू त्यसतर्फ लक्षित छन् कि छैनन् भनेर मनमनै प्रश्न गरौ । हामी र हाम्रा शासकहरू त्यस्ता आकांक्षा पूरा गर्नु त परै रहोस् बरु त्यसको उल्टो बाटो हिडिरहेका छौं । शासकहरू मनपरी गर्छन, हामीहरू पार्टीका आँखाले हेर्छौं । आफ्नो पक्षले गरेको भएजस्तै जघन्य अपराधप्रति पनि चुपचाप वस्दछौं । विरोधी पक्षले भने सानो गल्ती गरेको भएपनि तिललाई पहाड वनाएर बोल्छन् । देशमा भ्रष्टाचारको कहालीलाग्दो स्थिति दिनानुदिन वढ्दै जाँदा हामीलाई मतलब छैन् । देशमा राष्ट्रघातको स्थिति कहालीलाग्दो अवस्थामा रहँदा हामीलाई आज मतलबै छैन । देशमा अनेकौ विसंगतीका लहर चल्दा हामीलाई त्यसप्रति कुनै चासो छैन । के हाम्रा शहिदहरूले देशमा यस्तै स्थिति आओस भन्ने चाहना गरेर आफनो बलिदान दिएका हुन् ? के देशको अर्थतन्त्र डुवाउने, तस्करीतन्त्र बढाउने र भ्रष्टाचार फैलाउने माफियातन्त्र मौलाउने लुटतन्त्र मौलाउने काम बढोस भनेर नै शहिदहरूले ज्यान दिएका थिए त ? देशमा आज जस्तो स्थिति छ, जनताको जस्तो अवस्था छ, यसैको निम्ति उनीहरूले संघर्ष गरेका हुन् त ? चाहे शासक वर्ग होस्, चाहे हामी आफूलाई प्रबुद्ध नागरिक सम्झनेहरू नै किन नहाऔं, हामी सबै शहिदहरूका आदर्श र शहिदका सपनाको विपरीत बाटो हिँडिरहेका छौं । । हामी शहीदहरूको जीवनचरित्र धारणा र मान्यताबाट जुन उल्टो बाटो हिडिरहेका छौं यसले हामीलाई कहिल्यै गन्तव्यमा पु¥याउदैन र शहिदका सपना पनि पूरा हुन कहिल्यै दिदैन । त्यसैले आज शहिद दिवसका दिन हाम्रा शहिदहरूको त्यो चरित्र, हाम्रा शहिदहरूको त्यो त्याग, हाम्रा शहिदहरूको त्यो तपस्या एवं प्रवृत्ति तथा चिन्तनधारा र संघर्षका पृष्ठभूमिहरूको सम्झना गर्दै आ–आफ्ना त्रुटी पक्षहरूको आलोचना आत्मालोचना गर्दै सच्चिन र सुधारिनका निम्ति दृढ अठोट तथा वलियो प्रण गर्न वेला आएको छ । हामीहरू सारै विग्रियौं । अब नबिग्रौं । शासकहरूले मनपरी गर्ने, हामीले पार्टीको आँखाले हेर्ने गलत प्रवृत्तिले गर्दा देश रसातलतिर जानलाग्यो । जनता दयनीय अवस्थामा बाँच्न विवस वनेका छन् । यही स्थितिलाई तोड्न इमान्दार प्रयत्नले लाग्नु शहिदका सपना पूरा गर्न लाग्नु हो । अब हामी मन, वचन र कर्मले शहिदका सपना पूरा गर्ने कार्यमा लागौं । हाम्रा व्यावहारिक उदाहरणले हामी त्यसतर्फ इमान्दार प्रयत्नले लागेको सबैले प्रत्यक्ष रूपमा देख्न पाउन् । फोस्रा भाषणले शहिदका सपना पूरा हुँदैनन् । हाम्रा चटके शासकहरूले मञ्चबाट गर्ने जादुगरी भाषणले र कविहरूका कविता तथा फोस्रा श्रद्धाञ्जलीले शहिदका सपना पूरा हुदैनन् । उनीहरूका सपना पूरा गर्न अव हामी व्यवहारबाटै लागौं । श्रद्धेय शहिदहरूलाई श्रद्धाञ्जली । युगका शहिदहरूलाई सतत् नमन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?