© २०२३
बुटवल, १६ माघ ।
तमुस्यो माङि ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद रुपन्देही र रामनगर कालिका नगर माङी समितिको आयोजनामा गुरुङहरुको माङी पर्व सम्पन्न भएको छ ।
प्ये म्हस्या छ्या म्हमु,छ्या म्हस्या ,ल्हु म्ह्मु, ल्हु म्ह्स्या म्हि म्हमु, अर्थात शास्त्र हराए सँस्कार हराउछ सँस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मान्छे नै हराउँछ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तमुस्यो माङी ह्युल छोज धिका संस्थापक अध्यक्ष माया गुरुङले आफू सुरुवात कालमा माङी जिल्ला अध्यक्ष हँुदा धेरै संघर्ष गर्नु परेको बताए । त्यसबेला गुरुङ्हरुको सामाजिक संस्थाबाट नै असहयोग रहेको र गुरुङ्हरुको सृष्टि ग्रन्थमा पनि माङी उत्पत्ती भएको बारेमा र यो पर्व कसरी कहिलेदेखि मनाइएको भन्ने बारे पनि प्रष्ट लेखिएको र तमुस्यो माङी ह्युल छोज धि लगायत सबै ठाउका गुरुङ्हरुले माङी पर्व मनाउदै आएको बताए ।
तमु ह्युल छोज धि जिल्ला अध्यक्ष विमला गुरुङले यो पर्व विशेष गरी रुपन्देही र नवलपरासी लगायत केही ठाउँमा मात्र मनाउँदै आएकोमा हाल आएर यो पर्वलाई सबै ठाउँका गुरुङ्हरुले धुमधामका साथ मनाउँदै आएको र आगामी दिनमा अझै भव्य रुपमा मनाउनु पर्ने बताए ।
गुरुङ पात्रो अनुसार (हि कुहुन्द) माँ भन्नाले आमा र ङि भन्नाले सात (माङि) आमाहरुको उत्पत्ती भएको दिनका रुपमा नेपाल अधिराज्य भरी छरिएर रहेका सबै गुरुङ्हरुले भव्य रुपमा मनाउने गर्दछ । कार्यक्रममा जिल्ला माङी अध्यक्ष जुनमाया गुरुङ, बसन्ती गुरुङ्क, सम्झना गुरुङलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।