© २०२३
सल्यान, १६ माघ ।
कपडा धुनका लागि खोलामा गएका एक युवकको डुबेर मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ३ बाझठानाका अन्दाजी २५ वर्षीय काले पाण्डेको दार्मा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
उनी बिहिबार बिहान खाना खाएर कपडा धुनका लागि दार्मा खोलामा गएका थिए । जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार केहि कपडा धोएर सुकाएको र केही कपडा धुन बाकी रहेको अवस्थामा खोलामा डुबेर मृत्यु भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोलामा पानीको बहाव धेरै नभएपनी युवक पानी र हिलो जमेको स्थानमा डुबेको भेटिएका थिए । झउनी मानसिक रोगी र छारे रोग रहेको भन्ने बुझिएको छञ, प्रहरी निरीक्षक बस्नेतले भने, झघटनाबारे थप अनुसन्धान हुदैछञ ।