© 2026
काठमाडौँ ।
वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्ने बहानामा ठगी गरेको आरोपमा कञ्चनपुरका भुवन कार्कीलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का २५ वर्षीय भुवन कार्की रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, कार्कीले बेरोजगार युवा-युवतीलाई आकर्षक तलब र सुविधाको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए। उनले अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको जानकारी दिए।
आकर्षक तलब र सुविधाको लोभ देखाएर रकम संकलन गरेपछि कार्की सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। कार्कीलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।