Butwal Today

स्कलर्स होममा साहित्य अभिमुखीकरण

१५ माघ २०८१, मंगलवार
अ+
अ-

बुटवल, १५ माघ । ब्यवहारिक शिक्षालाई प्राथमिकता दिदै आएको बुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा साहित्य अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई साहित्यप्रति उत्प्रेरणा जगाउने उदेश्यका साथ एक दिने कार्यक्रम गरिएको हो । कार्यक्रममा यस क्षेत्रको वरिष्ठ साहित्यकार प्रा.डा.हिरण्यलाल ज्ञवालीले बाल साहित्य र रचनाहरुबारे प्रकाश पारेका थिए । कविता, कथा लेखनका सामान्य जानकारी दिदै उनले प्रविधिको प्रयोग गरि साहित्य सृजनामा जोड दिन आग्रह गरे । बालबालिकाहरुमा बढ्दो मोबाईल लत हटाउन साहित्यमा रुचि जगाउनुपर्ने उनको धारणा रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका कार्यक्रमलाई जोड दिदै आएको भन्दै साहित्यमा रुचि अभिवृद्धि हुने गरि कार्यक्रम भएको बताए । कार्यक्रममा शिक्षक नेत्रप्रसाद भट्टराई, विद्यालय संयोजक शोभारानी प्रधान, अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, सावित्रा पन्थी, रीता न्यौपाने, सिर्जना गौतमले साहित्य समाजको दपर्ण भएको भन्दै यसलाई बचाउने जिम्मेवारी अब नया पुस्तामा आएको बताए ।