© २०२३
काठमाडौं, १५ माघ ।
थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड एन्फा यु–१६ युथ लिगको जारी खेलमा गोलरहित बराबरीमा रोकिए।
मंगलबार भएको खेलमा दुवै टोलीले अवसर प्राप्त गरे तापनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
बराबरीसँगै चर्च ब्वाइज युनाइटेडले आठ खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ भने थ्री स्टार क्लब १७ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल भएको थियो।