ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ
१३ औँ वार्षिकोत्सव विशेष

कफी पर्यटनः कति संभव

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

कफी खेतीको जननीको रूपमा चिनिन्छ गुल्मी जिल्ला । अराबिका कफीको उत्पादनका लागि यो उपयुक्त क्षेत्र मानिन्छ । २०२२ सालमा हालको मुसिकोट नगरपालिका–५ अन्तर्गत आँपचौरमा कफी विकास केन्द्रको स्थापना गरी कफीको उत्पादनको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।पछिल्लो समयमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित भण्डारीडाँडामा नेपालकै एक मात्र कफी अनुसन्धान कार्यक्रम स्थापना गरिएसँगै कफीका विभिन्न जात र रोग किराहरूको बारेमा अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान कार्यक्रमले कफी खेतीमा थप लगानी र अनुसन्धानको आवश्यकता देखाएको छ । कफीको जननी जिल्ला गुल्मी । गुल्मीमा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीकोणले पनि निकै रमणीय र सुन्दर ठाउँ छन् । यहाँका किसानहरू पछिल्लो समयमा कफी खेतीमा लागेर राम्रो आम्दानी गर्न थालेका छन । कफीका सुन्दर बगैंचाहरूले गुल्मी आउने जोकोहीलाई पनि एकपटक कफीका सुन्दर बगैंचामा पस्न र सिक्न लोभ्याउँछ ।

  • के हेर्न सकिन्छ ?
    दुई सय रोपनी क्षेत्रफल फैलिएको अनुसन्धान कार्यक्रममा प्राङ्गारिक प्रबिधिद्वारा ३८ जातमा कफीको जातीय प्रशिक्षण भैरहेकोे कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं बरिष्ठ बैज्ञानिक जनार्दन गौतम बताउँछन् । गौतमका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बिउ छनोट गरी बिउ अनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धान गर्नका लागि भने अहिले दक्ष जनशक्तिको अभाव छ ।अनुसन्धान कार्यक्रममा बार्षिक १० हजार भन्दा बढी कफीका बीउ बेर्ना उत्पादन हुन्छ । एक सय किलोसम्म कफीको श्रोत बीउ उत्पादन तथा बितरण भैरहेको कार्यालय प्रमुख गौतमले बताए । पूर्वको ईलामदेखि पश्चिमको दैलेखसम्म यहाँको कफीको बीउबेर्ना पुग्ने गर्दछ । अनुसन्धान कार्यक्रमले कफी वालीमा मलखाद व्यवस्थापन परिक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गँबारो तथा अन्य रोग किरा व्यवस्थापन सम्बन्धी परिक्षणका साथै कफीको गुणस्तरको बारेमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।
    कफी खेती हेर्नका लागि आजभोलि मुसिकोट नगरपालिका अन्तर्गत कफी विकास केन्द्र आँपचौर र रुरु गाउँपालिका अन्तर्गत भण्डारीडाँडामा रहेको कफी अनुसन्धान कार्यक्रममा बेलाबेलामा मानिसहरू पुग्ने गर्दछन् । अनुसन्धान कार्यक्रममा हालसम्म दश हजार भन्दा धेरै मानिसहरूले अवलोकन भ्रमण गरिसकेका छन् । यहाँ उत्पादन गरिएका कफीका विभिन्न जात र सुन्दर बगैंचाहरूले यस क्षेत्रमा कफीको अलग्गै पहिचान बनाएको छ ।
  • कफी पर्यटनको विकास कसरी ?
    पर्यटनसँगै सिकाइः भण्डारीडाँडामा रहेको कफी अनुसन्धान कार्यक्रम यतिबेला आन्तरिक एवं वाह्य पर्यटकहरूका लागि अध्ययन र अवलोकन भ्रमणका लागि मुख्य गन्तव्य स्थल बन्ने क्रममा छ । जहाँ पुग्नेहरूले कफीको बगंैचा, नर्सरी हेर्ने, जानकारी लिने र कफीका जातहरू पहिचान गर्ने गर्दछन् ।तानसेन पुग्ने र गुुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्रमा पुग्ने पर्यटकलाई कफी पर्यटनसँग जोडन सकिन्छ । गुल्मीमा कफीको व्यवसायिक उत्पादनका लागि किसानहरू पनि लागिपरेका छन । कफीको बिस्तार र यसको प्रबद्र्धन गर्न मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट लगायतका पालिकाहरूले किसानहरूलाई एक सय भन्दा बढी कफीका बोटहरू लगाउने किसानलाई अनुदान र प्रोत्साहन लगायतका कार्यक्रमहरू उपलब्ध गराउन थालेको छ । जसका कारण कफी खेती गर्न इच्छुक किसानहरूमा थप उत्साह थपिएको छ ।
  • कफिसँग कृषिका विद्यार्थी र कर्मचारीः गत दश वर्ष अघि नेपालमै पहिलो पटक कार्यालय स्थापना गरेर सञ्चालन गरिएको अनुसन्धान कार्यक्रममा धेरै ज्ञान र सीप सिक्न सकिन्छ । कफीको रोग, किरा मात्रै नभइ कस्तो भूगोल र छहारीमा कफी खेती गर्न सकिन्छ जस्ता अनुसन्धान भण्डारीडाँडामा गरिएको हुँदा पनि यो ठाउँको अवलोकन धेरैका लागि निकै सिकाइमूलक र फलदायी बन्न सक्छ ।मुख्य गरेर कफी खेती गर्ने किसान, कफीका पारखी, विद्यालय तहको प्राविधिक बाली विज्ञान पढिरहेका (कक्षा ९–१२) विद्यार्थी, सिटीइभिटीका कार्यक्रममा भाग लिइरहेका विद्यार्थी, उच्च शिक्षातर्फ कृषि क्याम्पसका विद्यार्थी, शिक्षक, अनुसन्धान गर्ने अनुसन्धानदाता, कफी खेतीमा लागेका किसान र समूह, सहकारी, कृषि मन्त्रालय, निर्देशनालय, ज्ञान केन्द्र र पालिकाका कृषि शाखाका कर्मचारीहरू पनि यसका लक्षित वर्ग हुन् ।
  • दरबन्दी र जनशक्ति थप गर्नेः कार्यालय स्थापना भएको दश वर्ष हुँदा पनि नत यहाँ दरबन्दी अनुसारको जनशक्ति छैन । दक्ष जनशक्तिको अभावमा अनुसन्धानका लागि सम्बन्धित विषयका विज्ञहरू नहुँदा यसले किसानहरूलाई सोंचे अनुसारको प्रतिफल दिन सकिरहेको छैन ।१७ जना दरबन्दी रहेको अनुसन्धान कार्यक्रममा अहिले पाँच जना मात्र कार्यरत छन । चार जना वैज्ञानिकको दरबन्दीमा एक जना वैज्ञानिकले मात्र कफीको अनुसन्धान गरिरहेका छन । कफीमा लाग्ने सेतो गँबारोको रोकथामका बारेमा किसानहरूलाई जानकारी दिनको लागि आवश्यक दक्ष प्राविधिकहरू नभएका कारण किसानहरूले वर्षौंदेखि समस्या भोग्दै आइरहेका छन् ।
  • सडक र पूर्वाधार विकासः रिडीको रातामाटा, बलेटक्सार, उर्लिखोला, शाहघाटबाट अनुसन्धान कार्यक्रमस्थल भण्डारीडाँडा पुग्न सकिन्छ । त्यहाँ पुग्ने सबैभन्दा कम दुरीको सडक रिडी रातामाटा भण्डारीडाँडा हो । उक्त ६ किलोमिटर सडकको स्तरोन्नती र कालोपत्रे गर्न सके १२ महिना भण्डारीडाँडासम्म पुग्न सकिन्छ । अनुसन्धान कार्यक्रमले त्यस क्षेत्र वरपरका गाउँहरूका किसानसम्म कफि प्रोत्साहनको कार्यक्रम संचालन गर्दै होम स्टेको अवधारणा अगाडि बढाउन सके किसानकै घरमा बसेर सिक्न चाहने विद्यार्थी र अनुसन्धानदाताले सिक्ने अवसर पाउन सक्छन् । त्यसैगरी छोटो अवधिका पर्यटकले पनि होम स्टेको स्थानीयपनको अनुभव लिन सक्छन् ।
  • तीन तहको सरकारको जिम्मेवारीः २०७१ सालमा स्थापना भएको कफी अनुसन्धान कार्यक्रम यतिबेला ओझेलमा परेको छ । स्थानीय सरकार, प्रदेश, संघीय सरकारको खासै ध्यान जान सकेको छैन । कार्यालय स्थापना गरेर एक दशकसम्म आवश्यक जनशक्ति नहुनु थप बिडम्बनाको विषय हो । त्यसैगरी किसानसँग पुग्ने प्रोत्साहित कार्यक्रम बनाउन नसक्दा संभावना हुँदाहुँदै पनि किसानकै बलमा कफी खेती हुँदै आएको छ ।कार्यालयसम्म पुग्नका लागि मुख्य सडकको पहुँच नजिकै भए पनि त्यहाँसम्म पुग्नका लागि कच्ची र साँघुरो सडक, यातायातको समस्या, पूर्वाधारको अभाव थप समस्याको कारण बनेका छन । यसको विकासका लागि स्थानीय तहको पहलमा प्रदेश र संघको सहकार्य जरुरी छ । त्यसैगरी कफी अनुसन्धान कार्यक्रम, भण्डारी डाँडा र कफी विकास केन्द्र, आँपचौरबीच सहकार्य गर्दैै हातेमालो गरेर अघि बढ्न सकेमा गुल्मीलाई कफी पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउन सहयोग पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?