ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
१३ औँ वार्षिकोत्सव विशेष

मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद !

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

लुम्बिनी प्रदेशको नवलपरासी, रूपन्देही, कपिलबस्तु लगायतका जिल्ला, गण्डकी प्रदेशको नवलपुर, भारत युपि र विहारमा समेत परिचित छ मदारबाबा मेला । मदारबाबा दरगाहथानमा ९ दिनसम्म चल्ने मेलामा लाखौँ भक्तजनहरू सहभागी हुने गर्दछन् ।सुस्ता गाउँपालिका वडा नम्बर २ महलबारीबाट करिब ९ किलोमिटर उकालो जंगलको कष्टकर बाटो हुँदै उत्तर पहाडमा अवस्थित छ मदारबाबाथान । महलबारीबाट करिब ४ घण्टाको पैदल यात्रामा प्रत्येक वर्ष लाखौँ श्रद्धालु भक्तजनहरू उक्त स्थानमा पुग्ने गर्दछन । प्रत्येक वर्ष तिथी अनुसार शिवरात्री सुरु हुनु भन्दा १० दिनअघि मेला सुरु भइ शिवरात्रीको दिन समापन हुने कुतबुल मदारशाह दरगाह कमिटीका कोषाध्यक्ष रियाज अन्सारीले बताए । हिन्दु र मुस्लीम समुदायको साझा धार्मिक आस्थाको केन्द्र रहेको थानमा गद्दी नसिनबाबा (मठाधिस) भने मुस्लीम समुदायबाट रहने गरेका छन् ।

हालका मठाधिस बाबा मौलाना अमिरुल्लाह अन्सारी रहेका छन, थानका मठाधिसको छनौट कुतबुल मदारशाह दरगाह कमिटीले गर्ने गरेको छ, जुन समिति मुस्लीम समुदायबाट रहने गरेको कोषाध्यक्ष अन्सारीले बताए । मेला ब्यवस्थापनको मुख्य जिम्मामुल समितिले लिने र धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम राख्न उपसमितिहरूमा अन्य धर्म संस्कृती अँगालेका ब्यक्तिहरूलाई सहभागी गराई वर्षौदेखि धार्मिक, साँस्कृतिक र साम्प्रदायिक सद्भावलाई निरन्तरता दिइएको अन्सारीले बताउँछन् ।मदारबाबा मेला सुरु भएपछि महलबारीमा रहेको मस्जिदबाट बाजागाजा सहित मठाधिस मदारबाबाथान जाने र गद्दासिन हुने परम्परा रहिआएको छ । पहिलो मठाधिस सैयद बदिउद्दिन हुन भन्ने कुतबुलमदार पुस्तकमा समेत उल्लेख रहेको अन्सारीले बताए । हालको सिरिया (तत्कालिन हलवमुल्केसाम) का सैयद यहाँ आएको उल्लेख गरिएको छ । मदारबाबा विश्वको १ सय ३३ स्थानमा रहेको मठाधिसले जानकारी दिए ।

धार्मिक आस्था राखी मदारबाबा मजारस्थल (बाबाले ध्यान गरेको स्थान) पुग्नेहरू मनोकाँक्षा सहित पुग्ने गर्दछन, विशेष गरी बच्चान हुने, भूतप्रेत चढेको भनि विश्वास गर्नेहरू र अन्य वरमाग्न जाने गर्दछन, जब उनीहरूको मिन्नत (भाकल) पुरा हुन्छ तत्पश्चात विशेषगरी कुखुराको बलिदिने र मजारमा हरियो च्यादर ओढाउने प्रचलन रहिआएको छ । मजारमा पुगिसकेपछि मठाधिशले खरानीको टिका (विभूति) लगाइदिने गर्दछन । हिन्दु धर्मावलम्बीहरूले भने नजिकै रहेको देवीथानमा श्रृङ्गार सामग्री, अगरवत्ती र पैसा चढाउने गर्दछन् । ६ सय ७ वर्षअघि देखि मेला लाग्दै आएको इतिहास रहेका मदारबाबा मेला यस वर्ष ६ सय ८ औँ वर्षको मेला लाग्दैछ । तर देश संघीयतामा गएसँगै मदारबाबा थान समेत विवादमा मुछिएको छ । दुई प्रदेशमा दुइवटा समिति समेत बनाइएको छ । मुख्य मदारबाबा थान लुम्बिनी प्रदेश, सुस्ता गाउँपालिकाले वडा नम्बर २ को महलबारीमा रहेको छ भने मजारस्थललाई गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ ले आफ्नो वडामा पर्ने दाबी गर्छ भने सुस्ता गाउँपालिकाले पनि दावी छाडेको छैन ।

वर्षौंदेखि मदारबाबा मेला ब्यवस्थापन र सँचालन सुस्ता गाउँपालिकाका अन्तर्गत रहेर समिति गठन गरि सँचालन हुँदै आएको र पछिल्लो समय विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत पर्ने दाबी गरिए पनि स्पष्ट नक्साँकन हुन नसक्दा विवादित बनेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए । ‘मजारस्थल जंगलबीचमा छ, उक्त क्षेत्र कुन प्रदेश, कुनपालिका, कति नम्बर वडा ? स्पष्ट नहुँदा दुबै पालिकाले आ–आफ्नो दाबी गरेको र स्वामित्व कुन पालिकाको भन्ने समेत स्पष्ट हुन नसक्दा कुनै पनि भौतिक सँरचना निर्माण हुन सकेको छैन’ अध्यक्ष उपाध्यायले भने ।

सुस्ता गाउँपालिका वडा नम्बर २ मा रहेको मस्जिद (जहाँ पिठाधिस अरू समय बस्ने गर्छन) सुस्तामै रहेकोले यहाँ खानेपानी, सडक, विद्युत लगायत सबै ब्यवस्था छ तर मजार स्थल विवादित भएकोले उक्त स्थानसम्म पुग्ने सुरक्षित सडक, खानेपानी, विद्युत पहुँच पु¥याउन दुबै पालिकाले बजेट विनियोजन नगरेको उपाध्यायले बताए । उनले सुस्ता गाउँपालिकाले सँरक्षण र ब्यवस्थापनको जिम्मा पाए भौतिक पूर्वाधार निर्माण गर्न बजेट छुट्टाइने समेत बताए ।
मदारबाबाथान पुग्न सुस्ता गाउँपालिका वडा नम्बर २ कै बाटो हुँदै जानुपर्ने हुन्छ, लाखौंको संख्यामा आउने धर्मालम्बीको ब्यवस्थापनलगायत सबै सुस्ताले गर्दै आएको छ । तर स्वामित्व आफूहरूले ग्रहण गर्न नपाउँदा फितलो ब्यवस्थापन हुन सक्ने र भविष्यमा मदारबाबाको धार्मिक महत्व घटने आशंका सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष राम प्रसाद पाण्डेले बताए । धर्मालम्बीको ब्यवस्थापन, सुरक्षा लगायतमा हामी खट्नु पर्छ, तर स्पष्ट नक्सांकन विना नै अर्को पालिकाले उक्त धार्मिक क्षेत्र आफ्नो हो भन्दा सुस्ताबासीमा नैराश्यता छाएको उनले बताए ।

उताविनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले भने मदारबाबाथान विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने दाबी गरे । मदारबाबा थानबाट सुस्तागाउँपालिकाको सीमा करिब २ किलोमिटर टाढा रहेको जिपि एस बाट प्रमाणित भएको समेत उनले जिकिर गरे । मदारबाबाथानको विकासको लागि केन्द्र सरकारबाट करिब ८० लाख रूपैयाँ बजेट विनियोजन भएपनि विवादका कारण निकासा हुन नसक्दा थानसम्म पुग्ने बाटो, विद्युत र खानेपानी ब्यवस्थापन हुन नसकेको बताए ।विनयी त्रिवेणी पालिकाको बाटो हुँदै मदारबाबा थानसम्म पुग्न वडा नम्बर ६ को पर्सैैया हुँदै र दुम्किबास (वडा नम्बर १) तर्फदेखि समेत ८ किलोमिटर यात्रा गरेपछि पुग्न सकिने उनले बताए । उनका अनुसार गतवर्ष देखीविनयी त्रिवेणी गाउँपालिकाले आफ्नै संयोजनमा मेला व्यवस्थापन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?