© २०२३
सुर्खेत, १४ माघ ।
कर्णाली प्रदेश सभाको आइतबारको बैठक अवरुद्ध गरेपछि मंगलबारको लागि बैठक तय गरिएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलले उक्त बैठक अवरुद्ध गरेपछि मंगलबारका लागि बैठक सारिएको हो । आइतबार बैठक अवरुद्ध भएपछि मंगलवारका लागि बैठक सारिएको संसद सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मंगलवार दिउँसो तीन बजे बैठक बस्ने जनाइएको छ ।
आइतबारको प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको पाँचौं बैठकमा माओवादी केन्द्रले आपत्ति जनाएर अवरोध गरेको थियो । संसदीय दलका नेता राजकुमार शर्माले आफू नेतृत्वमा हुँदा कर्णाली समृद्धिको परियोजनाअन्तर्गत १० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित अघि सारिएको कार्यक्रममा सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाएका थिए । व्यक्तिगत र दलगत रूपमा समझदारी गरिएको उक्त विषयलाई सरकारले वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए । ‘कर्णालीका भोका नागरिकलाई रोजगारी दिने लक्ष्य अनुसार वार्षिक दश हजारलाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रममा भएको बजेटलाई सरकारले अन्यत्र घुमाएको छ,’ उनले भने, ‘युवालाई रोजगारी दिने गरी अघि बढेको कार्यक्रमको बेवास्ता भएको छ ।’