Butwal Today

हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु

१४ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक माघ १८ गतेदेखि सुरु हुने भएको छ। माघ १८ गते दिउँसो १ बजे प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलपछि नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले माघ १८ गते प्रधानमन्त्री र अन्य शीर्ष नेताहरूले संसदको बैठकलाई सम्बोधन गर्ने जानकारी दिएका छन्।

बर्तौलाले भने, “प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले माघ १८ को बैठकलाई सम्बोधन गर्नु हुनेछ।” उनले थपे, “अध्यादेश पनि माघ १८ गते नै प्रस्तुत हुनेछ र माघ २२ गते निर्णयार्थ प्रस्तुत हुनेछ। अन्य विधेयकहरू पनि अघि बढ्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?