Butwal Today

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो

१४ माघ २०८१, सोमबार
अ+
अ-

काठमाण्डौं।

सुनको भाउ तोलामा आज तीन सय रुपैयाँले घटेको छ। सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?