Butwal Today

बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला

१४ माघ २०८१, सोमबार
अ+
अ-

बुटवल, १४ माघ । बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयका कृषि सहायक प्रशिक्षक सुरेन्द्रबहादुर विष्ट मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा विष्ट शुक्रबार मृत फेला परेको हो ।

सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य उपचारका लागि काठमाण्डौ जाने भनि विष्ट बिदा लिएको शिक्षालय प्रमुख जीवन पन्तले बताए । जिल्ला अस्पतालमा चेकजाँच गराउँदा जण्डिसको समस्या देखिएपछि उनी थप उपचारका लागि केही दिनअघि मात्रै काठमाडौँ गएका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ घर भएका २५ वर्षीय विष्टका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?