ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

नवलपरासी, १४ माघ ।
जिल्लाको प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी न्यायिक समिति संयोजक मान कुमारी चौधरी आफ्नो न्यायिक समितिको कार्यबारे जानकारी गराउदै गाउँ टोलमा पुग्न थालेकी छिन् । स्थानीय जनता तथा महिलाहरूलाई सहज ढंगले न्याय पाउन टाढा जान नपर्ने,आफ्नै गाउँपालिकामा न्याय निसाफ पाउने अवस्थाबारे जानकारी गराउन उनी गाउँ टोलमा पुग्ने गरेको बताएकी हुन् ।

न्यायिक समिति मार्फत कार्यक्रम नै बनाएर उनी वडा नं.८ को बद्रीघाटमा पुगेर न्यायिक समितिको कार्य प्रगति तथा न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गराएको बताइन् । उनका अनुसार ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरिएको छ । गाउँ गाउँमै पुगेर न्यायिक समितिका संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष चौधरीले न्यायिक समितिको काम कर्तब्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी थिईन । गत बर्षदेखि वडा, गाउँ र टोलमै पुगेर न्यायिक समितिबारे जानकारी गराउँदै आएकी उनले सो कार्यक्रम कै निरन्तरता दिँदै आएको सुनाईन् । यसले न्यायिक समितिमा महिला तथा गरिब विपन्न परिवार न्यायका लागि आउन सहज भई रहेको हुँदा कार्यक्रमलाई निरन्तरता दिइएको हो, उनले भनिन, यो कार्यक्रम प्रत्येक बर्ष नै निरन्तरता दिँदै जाने लक्ष्य रहेको छ ।
उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक चौधरीले न्यायिक समिति कार्यक्रम अन्तर्गत नै जनताको न्यायमा पहुँच कार्यक्रम बनाएर कार्यापालिका कार्यालय देखि टाढा रहेका गाँउ तथा अतिदुर्गम गाउँमा पुगेर न्यायिक समितिको सेवाबारे जानकारी गराउने अभियान चलाएकी छिन् । नेपालको संविधान २०७२ अनुसार गणतन्त्र मार्फत घरदैलोमै सरकार आउनुसँगै सरकारको महत्वपूर्ण तेश्रो अँग न्यायपालिका जुन गाउँपालिका सरकारमा न्यायिक समिति मार्फत न्याय सेवा दिँदै आएको बताएकी थिईन् । फौज्दारी प्रकृतिका मुद्दा बाहेक धेरैजसो न्याय सेवाका लागि प्रहरी कार्यालय जानु नपर्ने समेत उनले बताएकी थिइन् ।

गाउँपालिकाको न्यायिक समितिमा मेलमिलापकर्ता मार्फत पहिलो प्राथमिकतामा मेलमिलापका मार्फत न्यायको अनुभूति गराउने बारे उनले प्रतिवद्धता जनाएकी थिइन् । अहिले पनि सामान्य विवाद पनि जिल्ला अदालत पु¥याउने वा प्रहरीमा पठाएर जनतालाई हैरानी हुने हुँदा सरकारबादी मुद्दा बाहेकका विवाद गाउँपालिकाकै न्यायिक समिति मार्फत छिनोफानो गर्न सक्ने उनको भनाई थियो । न्यायिक समितिले दुबै पक्षलाई छलफल र वार्ता मार्फत नै महशुस गराई सन्तुष्टी र सुखको अनुभूति गराउने कार्यमा अग्रसर रहेको छ । समाजका समन्य बादविवाद त हुन्छ नै,उनले भनिन्,तर समान्य विवादलाई पनि प्रारम्भमै प्रहरी कार्यालय र जिल्ला अदालतमा पुर्याइयो भन्ने इगोको विषय पनि बन्न सक्छ, त्यसले जटिलता र खर्चिलो पनि बनाई दिन्छ ।

तर विवादलाई न्यायिक समितिमा ल्याउन सकियो भन्ने मेलमिलाफको माध्यमले दुबैलाई जित जितको अवस्थामा पु¥याइ विवाद टुग्याउने गरिएको छ । यसले गर्दा उहिँ समाजमा बस्ने आम जनसमुदायलाई पुनःसमाजमा बस्ने, सहअस्तित्वको अनुभुति हुने खालका अवस्था हुने गरेको समेत जानकारी गराएकी थिईन् । सो कार्यक्रममा इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी प्रमुख समेत पुगेर प्रहरी मार्फत समाधान हुने विवाद,सरकारीवादी भएर मुद्दा चल्ने विषय र सिधै गाउपालिकाको न्यायिक समितिमा गएर लिन सक्ने न्याय सेवाबारे जानकारी गराएका थिए ।

उक्त कार्यक्रमको सहजीकरण कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिले गरेको थियो । सबै गाउँ टोलसम्म पुर्याउने लक्ष्य रहेको छ, उपाध्यक्ष चौधरीले भनिन्,गाँउमा सरकार आएको अनुभूति विकास पुर्वाधार मात्रै नभएर जनतालाई न्याय सेवा पनि सहज र सुलभ ढँगले पुर्याउन सक्नु पर्छ । ति सेवा लिनका लागि आवश्यक प्रकृया पुरा गरि न्यायिक समितिमा आउन सक्ने जनतालाई शसतm र जागरुक बनाउने यो न्यायमा पहुँच अभियानको लक्ष्य रहेको छ । संविधान र कानुनमा मात्रै उल्लेख गरेर पुग्दैन यसका लागि गाँउ गाँउमा जनतालाई जानकारी पनि हुनु पर्छ । त्यसैले अहिले यो कार्यक्रम ल्याइएको उनले सुनाएकी थिईन् । कार्यक्रममा सहजीकरण पत्रकार बेचु गौड लगायतले गरेका थिए ।

स्थानिय तह सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा १,२ र ३ संग सम्बन्धित दफा ४७ को २ न्यायिक समितिको अधिकार क्षेत्र पर्छ । त्यसमा न्यायिक समितिले मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्न सक्ने अधिकार उल्लेख गरेको छ । जस्समा सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको जग्गा आर्कोले चापी,मिचि वा घुसाई खाएको,सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको,पति पत्निको विचको सम्बन्ध विच्छेद रहेको छ।

अँगभँग बाहेकको बढीमा एक बर्षसम्म कैद हुन सक्ने कुटपिट,गाली बैइज्जती, लुटपिट, पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको विवाव पर्छ । त्यसै गरि अरूको आवासमा अनाधिकृत प्रवेश गरेको,अर्काको भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको, ध्वनी प्रदुषण गरि वा फोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको, प्रचलित कानुन बमोजिम मेलमिलाप हुन सक्ने व्यक्तिवादी भई दायर हुने अन्य देवानी र एक बर्षसम्म कैद हुन सक्ने फौजदारी विवादलाई हेर्न सक्ने छ,तर त्यसै दफाको उपदफा (२) बमोजिमको विवादको सम्बन्धमा पक्षले चाहेमा सिधै अदालतमा मुद्दा दायर गर्नमा बाधा पर्ने छैन भनेर समेत उल्लेख छ ।

त्यसैगरि न्यायिक समितिलाई दफा ४७ को १ बमोजिम आलीधुर,बाँध पैनी,कुलो वा पानीघाटको बाडफाड तथा उपयोग,अर्काको बाली नोक्सानी गरेको,चरन घाँस, दाउरा, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपंक्षी हराएको वा पाएको,जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमादका साथ खान लाउन वा शिक्षा दिक्षा नदिएको, बार्षिका २५ लाखसम्मको विगो भएको घर बहाल र घरबहाल सुविधा, अन्य व्यक्तिको घर,जग्गा वा सम्पतीलाई असर पर्ने गरि रुख विरुवा लगाएकोआफ्नो घरवा कलेसीबाट अर्काको घर,जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धित विवादहरू पर्छ ।

त्यसै गरि सधियार जग्गा तर्फझ्याल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोडिनु पर्ने परिमाणको जग्गा नछोडी बनाएको, कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वकालदेखि सार्वजनिक रूपमा प्रयोग हुदै आएको,बाटो बस्तुभाउ निकाल्ने निकास, बस्तु भाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्येष्टि, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको र संघिय तथा प्रदेश कानुनले स्थानिय तहबाट निरूपण हुन सक्ने भनि तोकेको अन्य विवाद न्यायिक समितिले हेर्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?