ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

काठमाडौं ।

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गरेका छन्। ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा आयोजना हुन लागेको यो प्रतियोगिता ६ प्रमुख विधामा हुनेछ।

प्रतियोगितामा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लेजेण्ड्स, डोटा २, भ्यालोरेन्ट र कसप्ले विधामा प्रतिस्पर्धा गराइने आयोजकको तयारी छ।

ई-फुटबलमा २,५१९ खेलाडी, पब्जी मोबाइलमा १,०३९ टिम, मोबाइल लेजेण्ड्समा २८१ टिम, भ्यालोरेन्टमा ६६ टिम, डोटा २ मा ५८ टिम र कसप्ले विधामा दर्ता खुल्ला रहेको आयोजकले जनाएको छ। नेपाल प्लेजका एमडी उज्जेन लाल श्रेष्ठका अनुसार ४,००० भन्दा बढी टिमले प्रतियोगितामा सहभागिता जनाएका छन्।

क्वालिफायर राउण्डको खेलहरू १८ गतेसम्म हुनेछ भने समूह चरण र प्लेअफ माघ २० देखि फागुन २ गतेसम्म हुनेछ। क्वालिफायर र प्लेअफ अनलाइन खेलाइने छन्, जबकि अन्तिम चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भौतिक रूपमा आयोजना हुनेछ।

पुरस्कार र प्राइज पुल
यो प्रतियोगितामा कुल २५ लाख पुरस्कार राशी रहने छ, जसमा पब्जी मोबाइलको विजेताले २ लाख ५० हजार नगद प्राप्त गर्ने छन्। अन्य विधाहरूमा पनि पुरस्कार राशी निर्धारण गरिएको छ:

  • पब्जी मोबाइल: १० लाख १० हजार
  • मोबाइल लेजेण्ड्स: ५ लाख २० हजार
  • भ्यालोरेन्ट: ३ लाख
  • ई-फुटबल: २ लाख १० हजार
  • डोटा २: २ लाख
  • कसप्ले: १ लाख ५० हजार

साथै, हरेक विधामा सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ।

पब्जी मोबाइल सबैभन्दा चर्चित विधा हुने अपेक्षा गरिएको छ र यसमा कुल १६ टिम प्रतिस्पर्धा गर्नेछन्। अन्य विधाहरूमा पनि समानताका आधारमा पुरस्कार वितरण गरिने छ।

यो प्रतियोगिता नेपालमा ई-स्पोर्ट्सको लोकप्रियता र भविष्यलाई अझ मजबुत बनाउने एक महत्त्वपूर्ण कदम मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?