Butwal Today

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

१३ माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।  बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने घिमिरेले बताए ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?