© २०२३
बुटवल, १३ माघ । सेना दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा वृहत प्रदर्शनी गर्ने भएको छ । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरु नजिकबाट निकाल्ने अवसर प्रदान गर्ने उदेश्यका साथ प्रदर्शन आयोजना हुन लागेको जनसम्पर्क तथा सुचना निर्देशनालय जङीअड्डाले प्रकाशन गरेको सुचनामा जानकारी गराईएको छ ।
काठमाण्डौ जङीअड्डामा माघ १५ देखी १८ गतेसम्म हुने नेपाली सेना फोटो तथा वृहत प्रदर्शनी २०८१ मा नेपाली सेना सम्बन्धी विगतदेखी वर्तमानसम्मका गतिविधि झल्किने फोटो, हातहतियार र उपकरणहरु प्रदर्शनमा राखिने भएको हो । प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निमार्ण, विपद ब्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयहरुको गतिविधि समेत देखाईने छ ।
प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई निशुल्क प्रवेशको ब्यवस्था रहेको छ । आम नागरिकसंगै विभिन्न तहमा अध्ययरत विद्यार्थीहलाई नेपाली सेनाका गतिविधिबारे जानकारी हासिल गर्न समेत सहज हुने सेनाको दाबी छ ।