ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

सिधा बसबाटै बुटवल–लुम्बिनी

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

बुटवल, १३ माघ ।
बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले बुटवलबाट तिलोत्तमा भैरहवा हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बस सञ्चालनमा ल्याएको हो ।
सार्वजनिक यातायात प्रयोगकर्ताहरूले विहानको समयमा अब एउटै बसमा बुटवलबाट लुम्बिनीसम्म पुग्न सक्नेछन । यस अघि लुम्बिनी जान भैरहवासम्म एउटा बसमा गएर त्यहाँबाट अर्को बस चढ्नुपर्ने झन्झट गर्नुपर्दथ्यो । सिधा बस चलेपछि बुटवलबाट लुम्बिनी घुम्न जानेहरूको लागि पनि सहज भएको छ । साथै नियमित ओहोरदोहोर गर्ने शिक्षक कर्मचारीहरूलाई पनि सजिलो हुने छ ।

बुटवलको गोलपार्कबाट प्रत्येक दिन बिहान ८ः १५ मा लुम्बिनीको लागि बस छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का बुटवल भैरहवा रुट संयोजक सूर्यप्रकाश ढुंगानाले जानकारी दिए । ‘विहान सवा ८ बजे गोलपार्कबाट गाडी छुट्छ । यात्रुहरू लुम्बिनी लेखेको गाडीमा चढ्न सक्नुहुने छ ।

साढे ८ बजे राजमार्ग चौराहबाट छुट्छ । यही समयलाई आधार मानेर तिलोत्तमा क्षेत्रका यात्रुहरूले गाडी पर्खिन सक्नुहुन्छ ।’ उनले भने ‘यस्तै लुम्बिनीबाट ११ बजे बुटवलको लागि बस छुट्ने छ । अर्को बस ४ बजे छुट्ने छ ।’ सुरुमा कार्यालय समयलाई आधार मानेर बुटवल लुम्बिनी सिधा बस सञ्चालन गरिएको ढुंगानाले बताए । यात्रुको चाप बढ्दै गएमा यो रुटमा पर्यटनमैत्री स्तरिय गाडी सञ्चालन हुने उनले जानकारी दिए ।

नेपालको प्रमुख शहर मध्ये एक बुटवल र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य लुम्बिनी रूपन्देही जिल्लामै पर्दछ। बुटवलबाट लुम्बिनीको दुरी ४२ किलोमिटर छ। तर एउटै जिल्लाका दुई महत्वपूर्ण ठाउँलाई सिधा सार्वजनिक यातायातले जोडेको थिएन । बुटवलबाट लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ भन्ने आवाज बेला बेलामा उठीरहेको थियो । सिधा बस सञ्चालन भएपछि अब बुटवल र लुम्बिनीमा पर्यटकीय ओहोरदोहोर बढ्ने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?