ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सरकारी कार्यालय र कर्मचारीको लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ : बलियो पासवर्डदेखि कम्प्युटरमा गेम खेल्न नपाउनेसम्म

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

काठमाण्डौ –

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालय र सरकारी कर्मचारीको लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी गरेको छ । केन्द्रले यही माघको ८ गते सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताको लागि भन्दै साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एजभाइजरीमा सरकारी वेबसाइटको नियमित अपडेटदेखि पासवर्ड परिवर्तन र एन्टीभाइरस अपडेटसम्मका विषय समावेश छन् ।

सरकारी कार्यालयको वेबसाइट, एप्लिकेशन, सर्भर, स्टोरेज तथा नेटवर्क सुरक्षाबारे २१ वटा एजभाइजरी छन् । जसमा वेबसाइट नियमित अपडेट गर्ने, समस्या देखिएमा तुरुन्तै समाधान गर्ने, आफ्नो निकायको डाटाको नियमित ब्याकअप र अर्काइभ गर्नुका साथै बिजनेश कम्युनिटी प्लान लागू गर्ने, गुणस्तरको लाइसेन्स भएका हार्डवेयर र सफ्टवेयरहरु मात्रै प्रयोग गर्ने, एन्टिभाइरस, अपरेटिङ सिस्टम, सेक्युरिटी डिभाइस लगायतलाई नियमित स्क्यान र अपडेट गर्ने उल्लेख छ ।

यस्तै पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने खालका सुरक्षित पासवर्ड राख्ने र तीन÷तीन महिनामा परिवर्तन गर्ने, घरपरिवार आफन्त, साथीभाइ आदीको नाम, जन्म मिति, फोन नम्बर, लगायत सजिलै पत्ता लगाउन सकिने पासवर्ड नराख्ने, वर्षको एकपटक सूचना प्रविधि प्रणालीको अडिट गराउने, कार्यालयका इमेल लगायतका सूचना प्रणालीमा दोहोरो प्रमाणीकरण राख्ने, अनावश्यक युजर अकाउन्टहरु निष्कृष्य गर्ने लगायतका विषय पनि एडभाइजरीमा छन् ।

त्यस्तै संवेदनशील सूचना रहने ठाउँमा जो कोहीलाई प्रवेश नदिने, बलियो ढोकाहरु राख्ने र आईपी क्यामेरासहितको सीसीटीभी जडान गर्नुपर्नेछ । यस्तै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कार्यालयका ल्यापटप, कम्प्युटर र डेस्कटपको सुरक्षाको लागि पनि विभिन्न एडभाइजरी दिएको छ । यस्तै इन्टरनेट ब्राउजिङ सुरक्षाको लागि सरकारी सेवा, इमेल सेवा, बैंकिङ भुक्तानीसम्बन्धी सेवाको पहुँच गर्दा प्राइभेट ब्राउजिङ वा इन्कग्निटिओ मोड प्रयोग गर्नुपर्ने, इन्टरनेट ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने, थर्ड पार्टी टुल्सको प्रयोग नगर्ने, कार्यालयका कम्प्युटर वा ल्यापटममा कुनै पनि गेम डाउनलोड नगर्ने वा नखेल्ने पनि एडभाइजरीमा उल्लेख छ ।

यस्तै अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल वा शंकास्पद इमेललाई तत्कालै स्पाम रिपोर्ट गरेर डिलिट गर्ने, इमेल एसएमएस र फोनमार्फत पासवर्ड, ओटीपी, बैंक एकाउन्ट नम्बर र पीन कोडहरु नपठाउन पनि साइबर सुरक्षा एडभाइजरीमा भनिएको छ । यस्तै सामाजिक सञ्जाल र नेटवर्किङ साइटहरुमा व्यक्तिगत जानकारीको प्रयोग र प्रचार सिमित र नियमित गर्ने, कुनै फ्रेन्ड रिक्वेस्ट, फलो वा च्याट रिक्वेस्ट स्वीकार गर्नुअघि व्यक्तिको भेरिफिकेशन जाँच गर्ने, अनावश्यक लिङ्क  र फाइलमा क्लिक नगर्ने र कुनै पनि प्रमाणित नभएका वा आन्तरिक जानकारी र दस्तावेजलाई सामाजिक सञ्जालमा शेयर नगर्न भनिएको छ ।

यस्तै एजभाइजरीले मोबाइल चलाउने विषयमा पनि सुझाव दिएको छ । मोबाइल अपरेटिङ सिस्टमलाई अपडेट गरिरहने, वाईफाई, जीपीएस, ब्लुटुथ र अन्य सेन्सर आवश्यकता अनुसार मात्रै इनेबल गर्ने, मोबाइल एप डाउनलोड गर्नुअघि एपको आधिकारिता र प्रयोगकर्ताका समीक्षा हेर्ने, एप इन्स्टल गर्नुअघि डिभाइस अनुमतिको उदेश्यलाई ध्यानपूर्वक पढेर र बुझेर पनि अनुमति दिने, संवेदनशील छलफलमा जाँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्न भनिएको छ । यस्तै मोबाइल फोन हराएमा वा चोरी भएमा उपयोगी हुन सक्ने भएकाले आईएमईआई नम्बर सुरक्षित राख्न पनि राष्ट्रिय साइबर सुरक्षा केन्द्रको एजभाइजरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?