© 2026
बुटवल, १३ माघ ।
दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना (डिडिसी) ले आफ्नो बिक्री काउन्टर बुटवल ९ तिनकुने चोकमा शुभारम्भ गर्ने भएको छ । यो भन्दा पहिला बुटवल १० रामानगर बुटवल औद्योगिक क्षेत्र संस्थान रहेको भवनका नजिकै बिक्री काउन्टर स्थापना गरेर बिक्री वितरण गर्दै आएकोमा बुटवल मिलनचौकमा तिनकुने थप नयाँ विक्रि काउन्टर विस्तार गरिएको हो ।
डिडिसीबाट उत्पादित सम्पूर्ण दुध र दुग्धजन्य बस्तुको विक्रि वितरण उपभोक्ता मुल्यमा उक्त विक्रि काउन्टर बाट खरिद गर्न सकिने डिडिसीका डिडिसीका विक्रि प्रबन्धक मो. ऐयुव खानले जानकारी दिए । उनका अनुसार डिडिसी ब्रान्डका दूध, दही, ध्यु, पनिर, रसवरी, लस्सी, फ्रेस मिल्क, आईसक्रिम, चीज लगायतका बस्तु माघ १४ गते बिक्री शुभारम्भकोे अवसरमा डिलर रेटमा छुटका साथ उपलब्ध हुने समेत जानकारी दिए ।