ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

दाङ, १३ माघ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङलाई निरन्तरता दिदैँ यो बैठक सम्पन्न भएको छ । जिल्ला सञ्जालका अध्यक्ष सिसा नेपाली र अध्यक्ष साजिदा सिद्धिकीले सो कुराको जानकारी गरएकी हुन् ।
सञ्जालले हालै प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तरगत गठित उपसमितिले विवाहको उमेरहद १८ मा झार्ने विषय सिफारिस गरेको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा आधिकारिक धारणा तय गर्न सरोकारवालासँग आवश्यक राय लिएर अघि बढ्ने निर्णय गरेकाे छ । यस्तै, सञ्जालले माघ महिनाभित्रमा दक्षिण देउखुरी अधिकार मञ्चको नेतृत्वमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा कार्यक्रम गर्ने निर्णय गरेको सञ्जालकी अध्यक्ष सिद्धिकीले जानकारी दिइन् ।

यसअघि सञ्जालको नेतृत्व गरेका सिड संस्था, मुक्त कमलरी विकास मञ्चले प्रस्तुत गरेको प्रगति विवरणको समीक्षा गर्दै धन्यवाद व्यक्त गरेको छ ।सञ्जालमा सदस्यता अभिवृद्धि अन्तरगत ३ वटा संस्थालाई सदस्यता प्रदान गरिएको उनले बताइन् । बैठकमा यसअघि सञ्जालको नेतृत्व गरेका मुक्त कमलरी विकास मञ्चका तर्फबाट मञ्चकी कार्यक्रम संयोजक सुलोचना चौधरीले सञ्जालमार्फत गरिएको कामसहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतम, सिडका अध्यक्ष भागीराम चौधरी, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोखरेल, मानव स्वास्थ्य समाजकी जिल्ला परियोजना संयोजक जुनु चौधरी, दक्षिण देउखुरी अधिकार मञ्चका देवराज कुँवर, मुक्त कमलरी विकास मञ्चका सुलोचना चौधरी, ज्ञानु थापा, सहकर्मी समाजका पुनाराम पन्थी, सामुदायिक वन समन्वय समितिका कोषाध्यक्ष दुखहरण यादव, सामुदायिक विकास मञ्चका चिन्तामणि पौडेल,राष्ट्रिय कृषक समूह महासंघ दाङका संस्थापक अध्यक्ष खुशल घिमिरेलगायतले आफ्नो संस्थाले गर्दै आएका कामका बारे जानकारी गराएका थिए ।

१ वर्षे कार्यकालको जिम्मेवारी प्रदान गरिने सञ्जालको नेतृत्व २०७९-०८० मा सिड संस्था, २०८०-०८१ मा मुक्त कमलरी विकास मञ्चले गरेको थियो । हाल सिसा नेपाल संस्थाले जिल्ला सञ्जालको नेतृत्व गरिरहेको छ । सञ्जालले नागरिकको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा, सूचना लगायतका विषयलाई नेपालको विद्यमान कानूनलगायत मानवअधिकारको विश्वव्यापी घोषणापत्र, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धी तथा अन्य अन्तर्राष्ट्रिय सन्धी, अभिसन्धीमार्फत ती अधिकारलाई विश्वव्यापीकरण, अभिभाज्य र अहरणीय रूपमा सुनिश्चित गरेको विषयलाई वकालत तथा पैरवी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?