© २०२३
बुटवल, १२ माघ ।
सातौ सन्जिवनी नकआउट फुटबल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । शहिद दिवसको अवसरमा सन्जिवनी युवा क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. १४, बाग्धुरामा माघ १६ गतेदेखि हुने प्रतियोगिताको सबै तयारी पुरा भएको हो ।
स्वर्गिय लाल बहादुर/डम्मर कुमारी छन्तेलको स्मृतिमा छोराहरु राम बहादुर, कुल बहादुर, खिम बहादुर छन्तेलले शनिबार एक कार्यक्रमका बिच पुरस्कार रकम हस्तान्तर गरेका छन ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा वडा नं. १४ को सहप्रयोजनामा हुने प्रतियोगिताको टिम दर्ता, मैदान मर्मत तथा अन्य सबै आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष अर्जुन केसी (हापु) ले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख २२ हजार २२२ तथा उपविजेता टिमले नगद ६१ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।
सन्जिवनी खेलमैदानमा माघ १६ गतेबाट हुने प्रतियोगितामा १२ टिमले भाग लिने भएका छन । प्रतियोगिता आयोजनामा करीब ९ लाख खर्च हुने आयोजकको अनुमान रहेको खेल संयोजक खिम थापाले बताए ।