Butwal Today

कांग्रेसले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने

१२ माघ २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेससले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ। कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले आउँदो माघ १६ र १७ गते सम्मेलन गर्ने भएको हो।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो। विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन्। उनले युवाहरुलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने दाबी गरिन्।

उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?