ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

आलोचनात्मक सचेतना आजको आवश्यकता

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

बुटवल, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा कार्यकर्ता भेला गरिएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले प्रजातान्त्रिक र कम्युनिष्ट नाम गरेका शासक दलहरुबाट दलगत र व्यक्तिगत स्वार्थका लागि झूठा आश्वासनमै जनतालाई भुलाउने काम भएको आरोप लगाए । आलोचनात्मक सचेतनाबिना देशका खराब शासकहरुलाई कठघरामा उभ्याउन नसकिने उनले बताए । देश र जनताको निस्वार्थ सेवा गर्न नेमकिपाले व्यापक कामदार जनतालाई सचेत र संगठित बनाउदै आएको उनले दाबी गरे । नेपालमा कामदार वर्गको शासन सत्ता स्थापना गर्न नेमकिपाले संघर्ष गरिरहेको उल्लेख गर्दै अध्यक्ष वासीले समाजवादी व्यवस्थामा मात्रै कामदार जनताको भलाई हुने स्पष्ट पारे । चिनिया विशेषतासहितको समाजवादी देश चीनले आफनो समृद्धिलाई संसारका जनताबीच साझेदारी गर्न बिआरआई परियोजना अगाडि सारिरहेको र साम्राज्यवादी अमेरिकाले ‘अमेरिका प्रथम’ को नारा दिएर फेरि पनि आफनो प्रभुत्व बढाउन खोजेको भन्दै यसबारे फरक दृष्टिकोणबाट बुझाई नेपालमा भएको बताए ।

नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य हिमलाल पाण्डेले कर बुझाएर मात्र नागरिकको कर्तव्य पूरा नहुने उल्लेख गर्दै गलत शासन व्यवस्थाको विरुद्ध जागरुक बन्नुपर्ने बताए । राजनीति हाम्रो चासोको विषय होइन भन्दै युवाहरुले राजनीतिलाई बेवास्ता गरिरहेसम्म देश उभो नलाग्ने बताउदै उनले युवाहरु विदेश पलायन हुनुभन्दा स्वदेशमै संघर्ष गर्न सकेमात्र देश र जनताको पक्षमा परिवर्तन ल्याउन सकिने बताए ।
नेमकिपा रुपन्देहीका सदस्य पदम रसाइलीले सुस्ता अतिक्रमणविरुद्ध आन्दोलनदेखि देशघाती एमसीसीविरुद्ध आन्दोलनसम्म नेमकिपाले गर्दै आएको अविचलित संघर्षबाट नेमकिपा नै देशभक्तिपूर्ण पार्टी हो भनी नेपाली जनताले बुझेको दाबी गरे ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका सुग्रिम साहनीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ कृतिबारे चर्चा गर्दै देशको आत्मनिर्भरताको लागि कृषिमै जोड दिनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?