ट्रेंडिंग:

>> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर)
नेसनल प्याब्सन रूपन्देहीको गायन तथा वक्तृत्वकला प्रतियोगिता

गायन र वक्तृत्वकलामा न्यु लुम्बिनी प्रथम

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

बुटवल, १२ माघ । नेसनल प्याब्सन बुटवलको आयोजनामा भएको गायन र वक्तृत्वकला प्रतियोगितामा देवदहको न्यु लुम्बिनी बोर्डिङ्ग स्कुलका विद्यार्थी प्रथम भएका छन । बार्षिक कार्यक्रम अन्तर्गत रूपन्देहीका नेशनल प्याब्सनसंग आबद्ध विद्यालयका विद्यार्थीहरूबिच भएको प्रतिष्पर्धामा गायनतर्फ देवदहको न्यु लुम्बिनी बोर्डिङ्ग स्कुलका छात्रा जानकी पौडेल प्रथम, सुनगाभा पब्लिक सेकेन्डरी स्कुल खिम बहादुर राना द्वितीय, नमुना एभर ग्रिनका नुराङ्ग सारू तृतीय र सेन्ट जोसेभ बोडिङ्ग स्कुलकी इशा गुरूङ सान्त्वना भएका छन् । त्यस्तै गरी वक्तृत्वकला प्रतियोगितामा न्यु लुम्बिनी बोर्डिङ्ग स्कुलकी छात्रा खुसी घर्ती मगर प्रथम, स्कलर्स होमकी छात्रा शैलेसा शर्मा द्वितीय, देवदह इङलिस बोडिङ्ग स्कुलका प्रशान्त देवकोटा तृतीय र बुटवल ग्लोरी बोर्डिङ्ग स्कुलकी छात्रा अन्शु अर्याल सान्त्वना भएका छन् ।

एक कार्यक्रमका बिच नेसनल प्याब्सन केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णुप्रसाद पौडेल, नेशनल प्याब्सन लुम्बिनी प्रदेश सहसचिव जेवी क्षेत्री, रूपन्देही जिल्ला सल्लाहकार प्रकाश भट्टराई, बुटवल बहुमुखी क्याम्पस नेपाली विषय विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थ, निवर्तमान अध्यक्ष विल गुरूङ, कोषाध्यक्ष विनोद थापा, सदस्य शंकर गौतम, कमल पौडेलले विजेता, उपविजेता विद्यार्थीलाई नगदसहित मेडल, प्रमाणपत्रबाट सम्मान गरेका थिए ।

नेसनल प्याब्सन लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट प्रथम, द्वितीय हुने दुवै विधाका विद्यार्थीहरु माघ १७ गते दाङको देवखुरीमा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने स्कलर्स होमका प्राचार्य नेशनल प्याब्सन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडेले बताए ।
कार्यक्रममा नेसनल प्याब्सन रूपन्देहीका अध्यक्ष तिलव के.सीले बालबालिकाहरुको प्रतिभा प्रस्फुटन हुने गरि वार्षिक रुपमा नगर, जिल्ला र प्रदेश स्तरमा कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रमको गायन, संगीत मुल्यांकनमा गायक तथा संगितकार सौगत सायर र पप गायक वसन्त श्रेष्ठ निर्णायक रहेका थिए । वक्तृत्वकला प्रतियोगितामा निर्णायक मण्डलमा प्रा.डा.हिरण्यलाल ज्ञवाली र प्राध्यापक कृष्णप्रसाद पाण्डे रहेका थिए । कार्यक्रममा गायक सौगात सायरले विभिन्न गीत गाएर मनोरन्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?