ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

८४ को निर्वाचनमा कसैसँग सहकार्य नगरी एक्लै लड्छौंः प्रचण्ड

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

दाङ, १२ माघ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी आगामी २०८४ को निर्वाचनमा कसैसंग सहकार्य नगरी एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल दाङले शनिवार दाङको घोराही आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले आगामी निर्वाचनमा अरु कसैको खुट्टामा नभई आफ्नै खुट्टामा उभिएर लड्ने बताएका हुन् ।

माओवादी सरकार बाहिर रहेर पार्टीलाई बलियो बनाउन लागेको बताए । उनले भने,हामी बलियो हुँदै छौ उनले भने । हामी आफ्नै खुट्टामा उभिनै सक्दैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै प्रचण्डले भने, ‘हाम्रो अहिलेको बुझाई हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो र सर्वसम्मत रूपमा निर्णय गरेका छौं, आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो, माओवादी आफै एउटा जनक्रान्तिको प्रतिकपनि हो यो परिवर्तनको प्रमुख बाहक पनि हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीको आफ्नै इतिहास भएको र अन्य राजनीतिक दलहरूभन्दा भिन्न पृष्ठभूमिबाट आएकाले अरुभन्दा केही फरक भएको दावी गरे । माओवादी देशका सबै उत्पीडित वर्गको लागि लड्दै आएको बताउदै उनले अहिलेसम्म भएका परिवर्तन सम्भव तुल्याउने उद्देश्यले शान्ति सम्झौतामार्फत अन्य दलहरूसँग सहमति गरेर आएको तर आगामी निर्वाचनमा एक्लै मैदानमा आउने बताए ।

अध्यक्ष प्रचण्डले प्रधाानमन्त्री केपी शर्मा वलीले सेटिङ्कमा काम गर्ने र त्यो सेटिङ्कमा सहमति नदिएका कारण सरकारबाट बाहिरिएको बताए । उनले आफूले सरकारको नेतृत्व गरेको बेला त्यहाँ हुने सबैखाले सेटिङ् भत्काउने प्रयास गरेको र भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा काम गरेको बताए । ‘मैले गरेको सुशासनको अभियान, आर्थिक संकट समाधान गर्ने अभियान केही मान्छेहरूलाई मन परेन, त्यो अभियानले उनीहरूको स्वार्थमा धक्का लाग्न पुग्यो, एउटा दलालपूँजीपति वर्गको जसले कमिसनकै भरमा अरवौंको चलखेल गर्ने गर्छन् तिनीहरूलाई त्यति चित्त बुझेको थिएन’, उनले भने, ‘मैले उनीहरूले गर्ने सेटिङ भत्काउन खोजेकै हो, तर उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक तरिकाले सांसदको संख्याको भरमा मलाई हटाउने काम भयो ।’

अहिले माओवादी सुशासन, सामाजिक न्याय र आर्थिक विकासको अभियानमा रहेको उनले बताए । कार्यक्रममा अब कम्युनिष्ट एकता सम्भव छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा अध्यक्ष प्रचण्डले आफूले विभिन्न समयमा कम्युनिष्ट एकताका लागि जोखिम मोलेको र सफल हुन नसकेको स्मरण गर्दै २०८४ सम्म एमालेसँगको सहमति सहकार्य सम्भवन नभएको बताए ।

भर्खरै भएको पालिकाको उपनिर्वाचनको परिणामले माओवादीलाई फेरि राष्ट्र र जनताप्रति बफादार भएको महसुस बनाएको उल्लेख गर्दै उनले माओवादीले विगतका गल्ती कमजोरी सच्याएर अघि बढेको र सच्चिएको माओवादीलाई जनताले २०८४ मा बहुमत दिने आशा व्यक्त गरे । अहिलेको सरकार ढले हुन्थ्यो भन्ने आशामा हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले अहिले माओवादी सरकार जाने पक्षमा नभएको बताए । ‘हामी अहिले सरकारको रूचिमा छैनौं, सरकार फालिहाल्ने हतारमा छौनौ’, उनले भने, ‘तर यो सरकार रहिरहन्छ भन्ने पनि होइन यो सरकार आफ्नो भार थाम्न नसकेर आफै ढल्छ, त्यति लामो समय टिक्दैन ।’ उनले आफू सरकारमा रहेको बेला दाङको समग्र विकासमा पहल गरेको र आगामी दिनमा पनि पहलकदमी रहिरहने बताएका थिए । बिहान उनी दाङको प्रसिद्ध धार्मिक स्थल घोराही –५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरको अवलोकन गरेका थिए । बिहानै घोराही –१७ मा रहेको कृष्ण सेन इच्छुक वहुप्राविधिक विद्यालयको अनलोकन गरेर कृष्ण सेनको सालिकमा माल्यापर्ण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?