Butwal Today

रेडक्रस दुधराक्ष उपशाखा रुपन्देहीको १७ औं वार्षिक साधारणसभा

१२ माघ २०८१, शनिबार
अ+
अ-

गैंडहवा, १२ माघ ।

नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उप शाखा रुपन्देहीको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन सैनामैना नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले गरेका थिए ।

त्यस अवसरमा उनले नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उप शाखा रुपन्देहीले उल्लेखनीय काम गरेको बताउँदै रक्तदान, भित्रे पात्रो, कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता लगायत काम गरेकोमा धन्यवाद दिए ।

सैनामैनाले रेडक्रसलाई प्राथमिकताका साथ लिएको बताउँदै रक्तदान जस्तो महत्वपूर्ण काम गर्नका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रेडक्रस अभियानले सम्बन्धित राष्ट्रको ऐन कानुन पालना गरी मानवीय सेवा कार्यमा सदैव सहयोग गर्दै आएको र सैनामैनामा रेडक्रसको अतुलनीय योगदान रहेको उनले बताए ।

नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताउनु भयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनी, पुर्व सभापति रिम बहादुर श्रेष्ठ, नि निवर्तमान सभापति तथा हाल जिल्ला सह कोषाध्यक्ष दिनेश पन्थी, नाटा लुम्बिनी प्रदेश निवर्तमान सभापति रचना भट्टराई, सहिद नारायण पोख्रेल रामापुर क्याम्पस अध्यक्ष यदुलाल पन्थ, सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख हेमन्त बहादुर थापा, आजिवन सदस्य बिनोद भट्टराई, लगाएतले नेपाल रेडक्रस सोसाइटी एक विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था रेडक्रस अभियानले सम्बन्धित राष्ट्रको ऐन कानुन पालना गरी मानवीय सेवा कार्यमा सदैव सहयोग गर्दै आएको बताएका थिए ।

नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको र सैनामैना दुधराक्ष गरेको काम को उदाहरणीय रहेको बताउदै आवश्यकता अनुसार समाजमा रेडक्रस ले काम गर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उप शाखा रुपन्देहीको कार्य क्षेत्रका अति बिपन्न जेहेन्दारलाई कम्बल समेत वितरण गरेको थियोे ।

यस्तै कार्यक्रममा पुर्व कार्यसमिति, विभिन्न समयमा कार्यक्रममा सहयोग गर्ने बिद्यालय, क्याम्पस, सामुदायिक वन लगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रममा प्रगति प्रतिवेदन सभापति बिष्णु अर्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोबिन्द पोख्रेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उप शाखा रुपन्देहीका सभापति बिष्णु प्रसाद अर्यालले विभिन्न समयमा सहयोग गर्नेलाई धन्यवाद दिदै सामाजिक काममा नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उप शाखा रुपन्देहीले सबै संग समन्वय र सहकार्य गरेर अगाडि बढने बताए । कार्यक्रममा संस्थाका उप सभापति चन्द्रिका भट्टराई, सचिव घनश्स्याम पाण्डेले पनि मन्तव्य व्यक्त गरेका थिए ।