Butwal Today

नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ

१२ माघ २०८१, शनिबार
अ+
अ-

काठमाडौं, १२ माघ । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।

काठमाडौं महानगरपालिका–३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?