ट्रेंडिंग:

>> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो

  घमण्डको अति दम्भले हुन्छ विनास      

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

महाभारतको कथामा नाताका सम्वन्धमा एउटा रोचक कथा छ । कथासार यस प्रकार छ । कुन्तीले आफू माइतमा रहँदा दुर्वासा ऋषिको सेवा गर्ने गर्थिन । ऋषि उनीबाट प्रसन्न भएर एउटा मन्त्र दिए जुन मन्त्र जप गरेर जसको सम्झना ग¥यो उही प्रकट हुने र उसैबाट सन्तान उत्पन्न हुने । यसैक्रममा उनी नदीमा नुहाउन गएकी थिइन । त्यही समयमा ऋषिले दिएको मन्त्र याद आयो अनि एकपटक परीक्षण गर्न मन लाग्यो । उनी नुहाइ सकेर मन्त्र जप गरिन अनि सूर्यको आराधना गरिन । सूर्य उनको सामुमा प्रकट भए अनि उनले सूर्यसंग क्षमा माग्दा पनि आराधना गरे पछि खाली नफर्कने भनेर सूर्यले वचन दिए । कुन्तीले जप गरेर आराधना गरेको मन्त्र सार्थक भयो । सूर्यको माध्यमबाट कुन्तीको कोखमा कर्णको जन्म भयो । कुन्तीले आफू कुमारी रहेकाले पुत्रलाभको इन्कार गरिन तर आह्वान गरिसके पछि वचन पूरा हुने शर्त थियो त्यही भयो । सूर्यले तिम्रो कौमार्य यसरी सुरक्षित हुन्छ भनेर सिकाए । कर्णको जन्म हुँदा साथ कुन्तीले त्यो बालकलाई विशेष सजावट सहित नदीमा बगाइन । उक्त बच्चा बग्दै जाँदा एकजना सारथीले फेला पारे उनीहरूका सन्तान थिएनन् । उनले त्यो बच्चालाई लगेर स्याहार गरे । जसलाई महाभारतमा दानवीर कर्णका नामले चिनिन्छ । कर्ण एक कुशल योद्धाको रूपमा पनि परिचित पात्र हुन् ।

जब महाभारतको युद्ध हुने भयो । कौरव तर्फको पहिलो सेनापति भिष्म पितामहलाई बनाइयो । युद्धकाक्रममा भिष्म शरशैयामा पुगेपछि दोस्रो सेनापति गुरु द्रोणाचार्यलाई बनाइयो । द्रोणाचार्यको पनि बध भयो अनि सेनापति बन्ने पालो आयो कर्णको । कर्ण सेनापति हुँदासम्म आफ्नै माता कुन हुन् भन्नेसम्म थाहा थिएन । पाँच भाई पाण्डवहरू कर्णका भाईहरू थिए । उनीहरूसंग युद्ध गर्नका लागि कर्णलाई सेनापति बनाइयो । कस्तो विडम्वना आफू कौरवको सेनापति बन्दासम्म म भाइहरूसंग युद्ध गर्दैछु भन्ने समेत कर्णलाई ज्ञान थिएन । अन्तमा माता कुन्तीले आफ्नै भाइहरूसंग युद्ध नगर्नका निम्ति कर्णलाई आफै भेटेर भनिन तर कर्णले आफू दुर्योधनको नुनको सोझो गर्ने वचन दिएकाले पाण्डवको पक्षमा लाग्न नसक्ने कुरा गरे ।

नाताको कुरा गर्दा भिष्म पितामह पाण्डवका बाजे थिए । उनी कौरव र पाण्डवका बाजे थिए तर उनको मित्रता कौरवसंग थियो । त्यसैले उनी पाण्डवको विपक्षमा रहेर युद्ध गर्नका लागि सेनापति बन्न तयार भए । यस्तै गुरु द्रोर्णाचार्यले अर्जुनलाई आफ्नो प्रिय चेलाको रूपमा लिने गर्दथे । तर, अन्तमा युद्धमा होमिने निश्चय गरे । उनी प्रिय चेलो मार्नका निम्ति तयार भए । किनकी उनले आफ्नो मित्रता कौरव पक्षसंग भएको कुरा गरे । उनको नाता दुबै

पक्षसंग बरावरको थियो तर मित्रताले उनी कौरवको निकट हुन पुगे । किनकी उनले कौरव र पाण्डव दुबैलाई धनुर्विद्या सिकाएका थिए । तर नुनको सोझोको निम्ति उनको मित्रता दुर्योधन अर्थात कौरवसंग हुन गयो । कर्णलाई आफ्नै माता कुन्तीले कर्णको जन्मको वारेमा सबै कुरा सुनाउँदा पनि उसले मित्रताको पक्षमा लाग्ने जवाफ दिएको कुरा महाभारतमा वर्णन गरिएको छ ।

नाता भन्दा मित्रतालाई नजिक ठान्नुको परिणामको कुरा छोडौं । मित्रताको लगानी नाता भन्दा कैयौं गुना बलियो हुने कुरा यस कथाले बताएको छ । यो महाभारतकालको कुरा हो तर यसलाई वर्तमानमा हेर्नुभयो भने वर्तमानसंग पनि पूरापूर मेला खान्छ । कतिपय दाजुभाईका बीचमा यति वेमेल पाइन्छ उनीहरूले एकले अर्काको छायाँसम्म पनि देख्न चाहँदैनन् । अन्य भेटघाट सम्पर्कका कुरा परैछन् । छायाँसम्म पनि देख्न नचाहने भने पछि त्यो भन्दा ठूलो दुश्मनी अरू के हुन्छ ? नातालाई प्राथमिकता नदिनुको परिणाम पनि घातक हुन्छ भन्ने कुरा यहाँ उल्लेख गरेको कथाबाट थाहा हुन्छ । पहिलो पात्र भिष्मलाई हेरौं । भिष्म इच्छामरण भएका पात्र हुन् । उनले आफूले आफ्नो काल निम्त्याउन सक्ने भनेर उल्लेख गरिएको छ ।

कौरवहरूलाई अधर्मी भनिन्छ । भिष्म पितामह अधर्मीको पक्षमा लागेर युद्ध गरेकाले उनको कमजोरी पत्ता लगाएर सिखण्डीलाई ढाल बनाएर अर्जुनले युद्ध गरे । भिष्मले सिखण्डीलाई महिला ठान्ने गर्दथे । त्यसैले उनले हतियार उठाएनन । त्यही मौका छोपेर अर्जुनले भिष्मलाई सरशैयामा पु¥याए । केही दिनको प्रतीक्षा पछि भिष्मको देहावसान भयो । यस्तै गुरु द्रोणाचार्यमा पुत्र शोक परेर मात्र मर्ने बरदान रहेछ । उनको वध गर्नका लागि अस्वस्थामा नाम गरेको हात्तीलाई भिमले मारेर अस्वस्थामाको वध भयो भनेर हल्ला गरियो । त्यो सुनेर द्रोर्णाचार्य अचेत अवस्थामा पुगे । त्यही मौका छोपेर धृष्टद्युम्नले तरवारले उनको गर्धन छप्काए । यसरी उनको निधन हुन पुगेको रोचक कथा महाभारतमा पाइन्छ । यो पनि अधर्मीको पक्षमा लागेको कारणले उनले ज्यान गुमाउनु परेको थियो । नाता तोडनु र अधर्मको मार्ग अपनाउनु दुबै एकै कुरा रहेछ । कर्णको वध पनि यो भन्दा फरक हुन सकेन । कर्ण दानवीर थिए भनिन्छ । दानवीर हुँदाहुँदै उनले आफैलाई खतरा हुने कुरापनि विचार नगरी जन्मसिद्ध कवच र कुण्डल इन्द्रलाई दान दिए । एकातर्फ अधर्मीको साथमा लाग्नु अर्कोतर्फ आफ्नै भाइहरूलाई साथ नदिनु । झन अर्कोतर्फ आफ्नै सुरक्षाको लागि जन्मसिद्ध कवच र कुण्डल समेत दान दिनुले उनको मृत्यृलाई निम्त्यायो । कर्ण पाँच पाण्डवहरूमा ज्येष्ठ भ्राता थिए । कर्णलाई यो नाता प्रष्टरूपमा थाहा थियो तर कर्णको मित्रता दुर्योधनसंग गाढा भएकाले आफ्नै भाइसंग युद्ध गर्न तयार भएर अन्तमा एकै माताको गर्भबाट जन्मिएका भाई अर्जुनको हातबाट उनको अवसान हुन पुग्यो । कर्णले अर्जुनको अति द्रोह गर्दथे । कुन्तीले कर्णलाई अधर्मको पक्षमा नलाग्न आग्रह गर्दा कर्णले अर्जुनलाई मैले जसरी पनि मार्नुपर्छ भनेर जिद्दी गरेको कथा पाइन्छ ।

सहोदर भाई भनेर जान्दाजान्दै पनि किन कर्ण पाण्डवहरूसंग युद्ध गर्न उद्यत रहे ? पाण्डवहरू सत्य र धर्मको पक्षमा छन् भन्ने कुरा भिष्मलाई पनि ज्ञान थियो तर उनले त्यो धर्मको पक्षमा र दुबै नातिहरू बरावर हुन भन्ने कुरा प्रकट गर्न सकेनन् । युद्धकै क्रममा भिष्मले युद्धको अवधिमा दुर्योधन समक्ष निश्पाण्डव गर्ने कवुल गरेका थिए तर उनलाई त्यो अवसर जुरेन । सिखण्डी ढाल बनेर उभिएपछि अर्जुनले पनि नाता विर्सिए । कर्णमा आफ्ना गुरुबाट प्राप्त गरेका हतियारको ठूलो घमण्ड थियो । यही घमण्डले गर्दा कर्ण आफ्नै भाइहरूसंग युद्ध गर्न तयार भएको पाइन्छ । गुरु द्रोर्णाचार्यमा आफ्नो छोरो अजेय छ भन्ने घमण्ड थियो । पुत्र शोकबाट मात्र आफ्नो मरण हुने उनले ठानेका थिए । यही घमण्डले गर्दा दुबै योद्धाले ज्यान गुमाएका थिए । महाभारत कालमामात्र होइन यसरी घमण्डको दम्भ भएका आजको समाजमा पनि प्रशस्त पाइन्छन् । घमण्डको परिणाम के हुन्छ भन्ने दीर्घकालको सोंच हुँदै नभएका आफन्तजनबाट धोका पाउने सम्भावना रहन्छ । यो त अहिलेपनि उत्तिकै सत्य छ । नातासंगै मित्रता पनि राम्रो कुरा हो तर नातामा ताला झुण्ड्याएर मित्रताको पक्षमा लाग्दा जसरी महाभारतका कथाका पात्रहरूले जुन दुर्दशा भोगे आजका दम्भीहरूले पनि भोली त्यही दुर्दशा भोग्नुपर्ने निश्चित छ । यसकारण नातावाद होइन नाताको मर्यादा राख्ने कुरा भने अति सत्य हो । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?