ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

युगानुकुल बनाउ नयाँ शिक्षा ऐन

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

आज अन्तर्र्राष्ट्रिय शिक्षा दिवस । शिक्षा दिवस मनाउँदै गर्दा नेपालको शिक्षा क्षेत्र भने बर्षौदेखि उही गति र उही ढर्रामा संचालन हुँदै आएको अवस्थाले सवै शिक्षा प्रेमीलाई चिन्तित वनाएको छ । देशमा राजनैतिक परिवर्तन भएपनि शिक्षा क्षेत्रले युगान्तकारी परिवर्तनको अनुभूति गर्न नपाएको यथार्थ हो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे जे नाममा परिवर्तन भएपनि शिक्षा क्षेत्रको आमूल परिवर्तनको जग भने अझै निर्माण हुन नसक्नु चिन्ताको कुरा हो । प्रजातन्त्र पुनस्र्थापना पछिको करिव साढे तीन दशकमा मुलुकमा दुई दर्जन बढी नयाँ सरकार बनेका छन् । धेरै शिक्षा मन्त्रीले शिक्षा सुधारको अवसर पनि पाएकै हुन । शिक्षामा आमूल परिवर्तन ल्याउने नारा हरेक सरकारको प्राथमिकतामै परेको हो । तर, अहिलेसम्म शिक्षामा सुधार भने अपेक्षित हुन सकेको छैन् । यो अत्यन्त चिन्ताको कुरा हो । आज एकै महिनामा ६० देखि ७० हजार युवाहरू काम र अवसरको खोजीमा विदेशिन बाध्य भएका छन् । शिक्षा भन्दा पनि युवाहरूका लागि रोजगारी प्रमुख प्राथमिकता बन्न थालेको छ । मुलुकमा सिपमूलक शिक्षाको अभाव छ । शिक्षामा आमूल परिवर्तन नभएसम्म मुलुकले योग्य शैक्षिक जनशक्ति उत्पादन गर्ने अवस्था देखिदैन् । तसर्थ शिक्षा दिवसकै सन्दर्भमा मुलुकले शिक्षाको सुधारमात्रै होइन आमूल सुधार गर्नु जरुरी छ । अझैपनि सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीले आशा जगाउन सकेको छैन । अहिले देशको शिक्षा क्षेत्र अत्यन्तै कमजोर अवस्थामा छ । सामुदायिक विद्यालयको अवस्था कमजोर मात्र होइन, त्यहाँ अध्ययन गर्ने विद्यार्थीको शैक्षिकस्तरमा बृद्धि हुन सकिरहेको छैन् । शैक्षिक गु्णस्तर बृद्धिका लागि सरकारले अहिलेसम्म गरेको लगानी प्रतिफलमुखी हुन नसक्नुका पछि धेरै कारण छन् । ती कारणमाथि सुक्ष्म अध्ययन गरेर सुधारको पाईला चाल्नु जरुरी छ । खासगरि सरकारको पहिलो कदम सामुदायिक विद्यालयको शैक्षिक गु्णस्तर बृद्धि गर्नेतर्फ ध्यान जानुपर्दछ । सरकारले सामुदायिक शिक्षामा पर्याप्त लगानी गरे पनि लगानी अनुरूपको गुणस्तरीय प्रतिफल प्राप्त हुन नसक्दा सामुदायिक शिक्षा प्रणाली प्रश्नै प्रश्नको घेरामा छ । परिणामस्वरूप सामुदायिक विद्यालयहरू खस्कँदै गइरहेका छन् ।
मुलुकमा गणतन्त्र आएपनि शिक्षामा रहेको विभेद अन्त्य हुन सकेको छैन । गरिव र विपन्न वर्गका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको बेला कोही बालबालिका भने महंगो शुल्क तिरेर नीजि स्कुलमा पढ्छन् । देशमै यसरी दुईथरी जनशक्ति उत्पादन भैरहेको छ । यसले हाम्रो समाजमा दुई बर्गमा विभाजित गर्ने काम भैरहेको छ । राज्यले शिक्षा निशुल्क भनिरहेको छ तर सामुदायिक विद्यालयमै चर्को शुल्क असूली भैरहेको छ । यो विषयमा आवाज उठाउने कसले ? अब शिक्षामा भैरहेको विभेदकारी नीतिको स्ुधार जरुरी छ । बर्षौदेखि शिक्षामा देखिएको बिजोगको यो अवस्थामा सुधार गुञ्जायस छ । तर, यसका लागि ठोस प्रतिवद्धता आवश्यक छ । सरकारले कम्तीमा पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनु जरुरी छ । शिक्षा आफैंमा देश विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण केन्द्र हो । तर, यही क्षेत्रमा चरम राजनीतिकरण भैरहेको छ । यही क्षेत्रलाई तहसनहस वनाउने प्रयास भैरहेको छ । अव सरकारले मुलुकको शिक्षामा आमूल सुधारको अभियान नै सञ्चालन गरोस् । सरकारले नयाँ शिक्षा ऐन तर्जुमा गर्ने तयारी समेत गरिरहेको बेला प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखोस् । शिक्षा दिवस मनाउँदै गर्दा नयाँ शिक्षा ऐनलाई प्रविधिमैत्रीमात्रै होइन युग निर्माणको आधारशीला वनाउनेतर्फ पहल जरुरी छ । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने शिक्षा नीति अवको अपरिहार्य आवश्यकता हो । सरकारले चाहने हो भने शिक्षामा आमूल परिवर्तनको संभावना छ । दिवसकै सन्दर्भमा अव विगतको शिक्षाको अध्यारो कालखण्डको चिरफार गरियोस् । अन्तर्राष्ट्रिय शिक्षा दिवसलाई औपचारिक भन्दापनि सार्थक र परिणाममुखी बनाउने काम होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?