ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

बुटवल, ११ माघ ।

अर्थमन्त्री विष्णु पौडेलको ड्रिम प्रोजेक्ट मानिएको सिद्धबाबा सुरुङ मार्गले अव भने साकार रुप लिन थालेको छ । शुक्रबार ब्रेक थ्रु भएसँगै अव भित्री भागको अन्य काम सुरु हुने छ । ब्रेक थ्रुका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा अर्थमन्त्री पौडेल पनि सहभागी हुँदैछन् ।

मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि १० वर्ष पहिले नै रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले पहल थालेका थिए । चुनावी भाषणहरुमा पनि उनले सिद्धबाबामा सुरुङमार्ग बनाएरै छाड्ने घोषणा गर्थे । त्यतिमात्र नभए पहिलोपल्ट अर्थमन्त्री हुँदा नै उनले सुरुङमार्गका लागि बजेटको व्यवस्था गरिदिए, जसका कारण निर्माण अगाडि बढाउन सहज बन्यो । २०८० साल माघ ४ गतेदेखि खन्न थालिएको सुरुङ मार्गको ब्रेक थ्रु’ एक वर्षमै सम्भव भएको हो ।

सिद्धबाबाक्षेत्रमा करिब ३ किलोमिटर सडक निकै जोखिमपूर्ण मानिन्छ । सो स्थानमा ०५५ सालमा २६ जना र ०६२ सालमा ११ जनाको पहिरोले बस पुरिएर मृत्यु भएको थियो । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्र अन्यत्रभन्दा बढी जोखिमपूर्ण मानिन्छ । झण्डै चार किलोमिटर क्षेत्रमा पछिल्लो १४ वर्षमा ९८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । यस अवधिमा ६७ दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । १८ वर्षको तथ्यांकमा तानसेन–बुटवल ३८ किलोमिटर सडकमा २०० बढीको ज्यान गएको छ । ७०० बढी घाइते र अंगभंग भएका छन् । जसका कारण पनि मृत्युमार्गका रुपमा यो जनजिब्रोमा थियो । यो क्षेत्रमा पहिरो रोकथामका लागि रकनेटको प्रयोग गरिए पनि सफल भएन । त्यसपछि विष्णु पौडेलको पहलमा संघीय सरकारले सुरुङ मार्ग बनाउने योजना अगाडि सारेको हो । सुरुङमार्गको ठेक्का प्रक्रिया अघि बढ्नु पहिले नै संघीय सरकारले १० अर्व १५ करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । त्यतिबेला अर्थमन्त्री थिए विष्णु पौडेल ।

त्यसपछि आर्थिक वर्ष ०७३÷७४ को बजेटमार्फत विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट छुट्याइएको थियो । जुन बेला अर्थमन्त्री स्वयं पौडेल नै थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाका पालामा आर्थिक वर्ष २०७५÷७६ मा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सर्भेक्षण गरी सुरूङ मार्ग निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको थियो । त्यस्तै २०७६÷७७ मा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा हुँदा नै बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरूङ मार्ग निर्माण सुरू गर्ने गरिने निर्णय भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा हुँदा नै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरूङ मार्ग निर्माण सुरू गरिने उल्लेख थियो भने २०७८÷०७९मा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुादा सिद्धार्थ राजमार्गको सिद्धबाबा–दोभान खण्ड निर्माण प्रारम्भ गर्न बजेट व्यवस्था गरिएको थियो । दुर्घटना कम गर्न लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यान्वयनमा आएको हो ।

सिद्धबाबा सुरुङ निर्माणका लागि २०७७ मंसिर १ गते मन्त्रिपरिषद् बैठकले आवश्यक प्रक्रिया थाल्ने निर्णय गरेको थियो । २०७८ जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डर मार्फत ठेक्का आह्वान गरेको थियो । त्यही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । सुरुङमार्ग बनेपछि पनि कम्पनीले पाँच वर्षसम्म मर्मतको काम समेत गर्नुपर्ने शर्त छ । सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो ।

इन्जिनियर सविता ज्ञवालीका अनुसार सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १२६ मिटरको सिद्धबाबा सुरुङ मार्ग एक वर्षमा ‘ब्रेक थ्रु’को अवस्थामा ल्याइएको हो ।

इन्जिनियर ज्ञवालीले भनिन्, “पुस मसान्तमै सुरुङको ब्रेक थ्रु गर्ने गरी आयोनाले तयारी गरेको थियो, तर प्रधानमन्त्रीको समय नमिलेका कारण ढिलाइ भएको हो ।” उनका अनुसार सुरुङ मार्गमा आपतकालीन उद्धारको लागि दुई वटा हेलीप्याड हुने छ ।

हालसम्म सुरुङ मार्गको भौतिक र वित्तीय प्रगति ४० प्रतिशत भएको छ । आयोजनाका अनुसार अहिले टनेलको ढलान र लाइटिङको काम भइरहेको छ ।

आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले प्रधानमन्त्रीबाट अन्तिम ब्रेक थ्रु गरेपछि अव बाँकी काम पनि तीव्रताका साथ अगाडि बढ्ने जानकारी दिए । सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको थियो । नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्गको काम गरिरहेको छ ।

कहिले पूर्ण हुन्छ सिद्धबाबा सुरुङ मार्ग ?

शुक्रबार सुरुङमार्गको ब्रेक थ्रु भएपनि काम सम्पन्न हुन भने अझै केही समय लाग्ने छ । आयोजनाका अनुसार अव सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउने काम अगाडि बढ्ने छ । सुरुङमार्गमा सवारीसाधन गुडाउन अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । योजना रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी रहेको आयोजना प्रमुख अधिकारीले बताए । अव बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ  । त्यसबाहेक सडकमा ९०० मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्नेछ । त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ  । आयोजनाका अनुसार यस खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?