ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

भूमि समस्या समाधान अभियान बाणगंगाबाट सुरु हुने

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

जितपुर, ११ माघ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेललाई बाणगंगा नगरपालिकामा स्वागत गरिएको छ । हालै मात्र नियुक्त भएका पोखरेललाई विहीबार नगरका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसमुदायले सम्मानपूर्वक स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा पोखरेलले भूमि समस्या समाधानको कार्यलाई बाणगंगा नगरपालिकाबाट नै सुरु गरिने घोषणा गरे । उनका अनुसार अन्य पालिकाहरुमा पर्याप्त तयारी नभएकाले यो कार्यका बाणगंगाबाट नै हुने छ । पोखरेलले बाणगंगामा यसअघि भएका प्रगतिहरूका कारण यो सम्भव भएको उल्लेख गरे ।

पोखरेलले आयोगका अन्य सदस्यहरू अझै नियुक्त नभएका कारण कार्य अघि बढाउन ढिलाइ हुन सक्ने चिन्ता व्यक्त गरे । यद्यपि, उनले यस चुनौतीका बाबजुद समस्या समाधान कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने “भूमि सम्बन्धी समस्या यस्तो रूपमा समाधान गरिनेछ, जसले आगामी दिनमा पुनः समस्या उत्पन्न नहोस् ।”

पोखरेलले स्पष्ट रूपमा निर्देशन दिएको उल्लेख गर्दै भने, “हामी यो समस्या समाधान गर्दा यस्तो व्यवस्था गर्नेछौं कि भविष्यमा यो समस्या दोहोरिन नपरोस् । दीर्घकालीन समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” अध्यक्ष पोखरेलले सबै तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायलाई एकताबद्ध भएर यो महत्वपूर्ण कार्यमा सघाउन आह्वान गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले भूमि समस्या समाधानका लागि ९ हजार ७ सय ३३ निवेदन प्राप्त भएको जानकारी गराए । यी निवेदनहरूको समाधानका लागि आयोगले तीव्र गतिमा कार्य गर्ने योजना बनाएको छ ।

बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले आयोगलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भूमि समस्या समाधानले नगरवासीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले भने, “यो कार्यले नगरपालिकाको समग्र विकासमा नयाँ सम्भावनाको ढोका खोल्नेछ ।”

कार्यक्रममा स्थानीयवासीले भूमि समस्या समाधानका लागि तत्कालीन कदमहरू चाँडै चाल्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?