ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

कपिलवस्तु , ११ माघ।  कपिलवस्तुको तौलिहवामा असमानता बिरुद्ध बृहत रयाली आयोजना गरिएको छ । गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको अगुवाईमा असमानता बिरुद्ध तौलिहवामा बृहत रयाली आयोजना गरिएको हो । रयालीमा सहभागीले विश्वमा मानिस बीचको असमानता बढ्दो क्रममा रहेको र त्यसको व्यवस्थापनका लागि प्राकृतिक स्रोत साधन माथिको पहुँच वृद्धि गर्नुपर्ने माग राखेका थिए ।

जिल्ला प्रशासन कार्यालय चोकबाट बुद्धमाबिको रंगशाला, नयाँटोल, गौढीचौक, चौक बजार हुदै सो पुनः जिल्ला प्रशासन चोकमा पुगेर कोणसभामा परिणत भएको थिए । महासंघ लुम्बिनी प्रदेश, महासंघको कपिलवस्तु शाखा, जिल्लामा क्रियाशिल गैर सरकारी संघ संस्था र नागरिक समाजका प्रतिनिधी बृहत रयालीमा सहभागी थिए । बृहत रयालीका सहभागीले पेरिस सम्झौता कार्यान्वयन गर्नु पर्ने, जलवायु संकट समाधान गर्नु पर्ने, खनिज ईन्धन बन्द गर्नु पर्ने, गरिब श्रमिकलाई नभई धनाढ्यलाई कर लगाउनु पर्ने, आर्थिक असमानता बढाउने निति खारेज गर्नु पर्ने, जिउन पुग्ने ज्यालाको व्यवस्था गर्नु पर्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षा सुनिश्चित गर्नु पर्ने र गुणस्तरीय सार्वजनिक सेवामा लगानी गर्नु पर्ने माग राखेका थिए । “असमानताका विरुद्ध रातो घेरा कोरौँ । ” भन्ने नाराका साथ महासंघको अगुवाईमा बिभिन्न जिल्लामा खबरदारी रयाली सञ्चालन गरिएको छ ।
रयालीपछि आयोजित कोणसभामा बोल्दै गैसस महासंघका केन्द्रिय सदस्य संजय लम्सालले असमानता हटाउन तथा अधिकारमुखी अवधारणाको बिकासको सुनिश्चितताका लागि देशैभर बृहत रयाली आयोजना गरिएको जनाए । बृहत रयाली आयोजनाले असमानता हटाउने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै आफुहरुले कार्यक्रममा पुर्ण ऐक्यबद्धता जनाएको जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले बताए ।

सो अवसरमा गैसस महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जित कुमारी बेल्बासेले सबैलाई समान रुपले प्राकृतिक सम्पदामा पहुँच बढाउन खबरदारी कार्यक्रम आयोजना गरिएको बताईन । सबै खालका बिभेदहरुलाई खारेज गरेर सबैलाई समान व्यवहार गर्न कार्यक्रमले दवाव दिने उनको भनाई थियो । सबै खाले बिभेद र असमानताको बिरुद्धमा जिल्लामा दवाव कार्यक्रम आयोजना गरिएको गैर सरकारी महासंघ कपिलवस्तु शाखाका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए । स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ५४ औँ सम्मेलनलाई एजेण्डा तय गर्ने गरी नेपालमा खबरदारी सभा आयोजना गरिएको जनाईएको छ । अहिले स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन जारी छ । यो सम्मेलनले साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाजलाई समेट्न खबरदारी सभा प्रभावकारी हुने अपेक्षाका साथ गैसस महासंघले खबरदारी सभा आयोजना गर्दै आएको छ ।

कोणसभा पछि गैस महासंघ कपिलवस्तुको अगुवाईमा अधिकारकर्मीहरुको टोलीले बिवाहको उमेर २० बर्ष भन्दा घटाउन नहुने माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । महासंघ केन्द्रिय सदस्य लम्साल, प्रदेश अध्यक्ष बेल्बासे, जिल्ला अध्यक्ष पाण्डेय, पुर्व जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तव लगायत जिल्लाका गैसस र नागरिक समाजका प्रतिनिधीले प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन । ३ बुदे माग सहितको ज्ञापनपत्रमा कानुनी उमेर घटाउनु भन्दा बाल बिवाह अन्त्यका कार्यक्रममा जोड् दिनु पर्ने, सशक्तिकरणका कार्यक्रम प्रभावकारी रुपमा लागु गर्नु पर्ने र मानव अधिकार संरक्षणणमा सम्झौता गर्न नहुने उल्लेख छ । ज्ञापनपत्र बुझदै प्रजिअ अर्यालले आफुले गृह मन्त्रालयमा प्राप्त ज्ञापन प्रेषित गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?