ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

अक्सफोर्डमा विद्यार्थीले पस्के सात देशका खानाका परिकार

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

बुटवल, ११ माघ ।

शुक्रबार विहानैदेखि अक्सफोर्ड मावि प्रांगणमा विद्यार्थी, अभिभावक, प्राध्यापकहरुको विशेष उपस्थिति थियो । होटल म्यानेजमेन्ट अध्ययरत विद्यार्थीहरुले विद्यालयमा आफुले सिकेका ज्ञान र सीपलाई ब्यवहारमा उतार्ने विशेष कार्यक्रम गरिएको थियो । दुई संस्करणसम्म देशभित्रका विभिन्न जातजातीका खाद्यान्नका परिकारहरुसहित फुड फेस्टिबल गरेका विद्यार्थीहरुले तेस्रो संस्करणमा भने अन्तराष्ट्रिय फुड फेस्टिभल गरे । जहाँ विद्यार्थीहरुले नेपाली, भारतिय, चाईनिज, इटाली, अमेरिका, मेक्सिको र इन्डोनेसियाका विशेष खानाका परिकारसंग त्यो देशकै संस्कृति झल्किने ड्रेसमा प्रस्तुत भएका थिए । सातवटा स्टलमा सात देशका नेपाली सेट, चिकेन बिरायनी, कुग पाओ चिकेन, फुसिली ईन टमाटो सस, क्रन्ची फ्राई चिकेन, क्युसाडिला, चिकन सटाय ओपन किचनमा विद्यार्थीहरुले पस्केका थिए ।

विद्यालय स्थापनाकालदेखि नै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र रचनात्मक कार्यक्रमलाई जोड दिएर प्रयोगात्मक सिक्ने र सिकाउने वातावरण सिर्जना गर्दै आएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए । आफुहरुले शिक्षालाई सिप, प्रविधि, ब्यवहार र संस्कारसंग जोडेर अघि बढाएको उनले बताए । सात वटा स्टलमा सात देशका टिपिकल खानाका साथ संस्कृति झल्कने नृत्यहरु प्रस्तुति रहेको उनले बताए । कक्षा ११ र १२ का एचएमका विद्यार्थीहरु आफै पकाउने, पस्कने र खानाकै देशका संस्कृति झल्कने साजसज्जामा प्रस्तुत भएका थिए ।

एक दिने कार्यक्रममा ४ हजार दर्शक भित्रिने र १२ लाख रुपैया आम्दानी हुने र खर्चबाट बचेको रकम सामाजिक उत्तरदायित्वमा लगाईने उनले बताए । हस्पिटालिटि र टुरिजको सिकाईको साथ उद्यमशिलता विकास हुने गरि कार्यक्रम आयोजनामा जोड दिदै आएको उनले बताए । गतवर्ष आयोजना भएको कार्यक्रमबाट करीब २ लाख रुपैयाँ अनाथ आश्रमलाई सहयोग गरिएको उनले बताए ।

विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोगसँगै आम्दानीको ब्यवहारिक सिकाई यो कार्यक्रमबाट हुने प्राध्यापक सुमन भुसालले बताए । कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गीतहरुका साथै अमेध्य ब्याण्डसहित विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, दिप बोडिङ्ग स्कुलका प्राचार्य टिकाराम न्यौपाने,स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ड्रिम ईन्टरनेश्नलका अध्यक्ष गोपाल राना, शाहील्याण्ड होटलका अध्यक्ष नहकुल शाही, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका टिकाराम शर्मा, यादव पौडेल, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेलले उदाहरणीय कार्यक्रम भएको बताए ।

विद्यालयका होटल म्यानेजमेन्टका प्राध्यापक उमंग पौडेल र विवेक न्यौपानेको सहजिकरणमा कार्यक्रम भएको कार्यक्रम संयोजक बालकृष्ण पोखरेलले बताए । हाल विद्यालयमा कक्षा ११ र १२ मा १५५० विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु ४५० जना रहेका छन । अन्तर्राष्ट्रिय खाना महोत्सव कार्यक्रमबाट नाफा भएको रकम विद्यार्थीहरूले यसपटक पनि सामाजिक कार्यमा लगाईने प्राध्यापक सुमन भुसालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?