Butwal Today

२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट

१० माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, १० माघ ।

२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप उद्घाटन खेलमा आज ब्वाइज युनाइटेड र संकटा क्लब बीच प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। आजबाट सुरु भइ सो प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?