ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

बुटवल, १० माघ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जनतासँग प्रहरी कार्यक्रम संचालन गर्ने बताएका छन् । हालै सरुवा भई लुम्बिनी प्रदेश आएका उनले हरेक प्रहरी कार्यलयले नागरीक सुनुवाई गर्नेुपर्ने, गाउँ–गाउँमा गस्ती गरी भए गरेका घटनाबारे जानकारी लिई प्रहरी र जनताको सम्बन्ध सुमधुर गराउनुपर्ने बताए । उनले जनताको शान्ति सुरक्षा मजबुत बनाउनका लागि गस्ती पेट्रोलिड्डलाई थप ब्यवस्थित गर्दै लैजाने गरी योजना बनाउने जानकारी गराए ।लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा आयोजित संचारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै नायब महानिरीक्षक कार्कीले प्रदेशभित्र रहेका सबै प्रहरी कार्यालयहरूले मासिक रूपमा आफ्नो कामको बारेमा अन्तरकृया र छलफल गर्न निर्देशन दिए ।

गएको एक महिनामा उनले प्रहरीको कार्यदक्षता विकासका लागि नयाँ ढंगको योजना बनाएर अघि बढेको दाबी गरे । प्रहरीलाई आफनो काम कर्तव्यबारे जिम्मेवार बनाउन जनतालाई दिने सेवा सुबिधाहरूलाई चुस्त बनाउनुपर्नेमा उनको जोड थियो । प्रमुख कार्कीले भने–‘पछील्लो समय दुर्घटनाबाट धेरैको ज्यान गएको र दुर्घटनामा मोटरसाईकलको संख्या अधिक रहेको तथ्यांक रहेको जानकारी दिए । उनका अनुसार गएको ६ महिनामा लुम्बिनी प्रदेशमा ८ सय ७८ बटा दुर्घटना भएकोमा २ सय ६१ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाबाट १ हजार तिन सय बढी घाईते भएको पाइएको छ । सवारी दुर्घटना र मृत्युदर कम गर्न प्रहरीले बिभिन्न खाले चेक जाँच र जनचेतना मुलक कार्यक्रम सन्चालन गर्न शुरु गरेको प्रमुख कार्कीले बताए ।

गएको पुस महिनामा लुम्बिनी प्रदेशमा ३ सय ६५ दुर्घटना भएकोमा ५७ जनाले ज्यान गुमाएका छन भने ५ सय ९२ जना घाईते भएको प्रहरी रेकटमा देखिन्छ । दुर्घटना बढी हुने जिल्लामा रूपन्देही पहिलो नम्बरमा परेको छ । त्यस्तै बिभिन्न समयमा बिभिन्न घटनामा सँलग्न रहि अदालत बाट कैद तथा जरीवाना तोकिएका तर फरार रहेका मानिसहरू पक्राउ परेका छन् । गएको ५ महिनामा ८५ जना पक्राउ गरी २६ करोड ३९ लाख राजश्व जम्मा गरेको प्रहरीले गएको पुस महिनामा २२ जना फरार प्रतिवादी समाउन सफल भएको छ जस्मा ५ करोड १८ लाख बढी राजश्व जम्मा भएको छ ।
लापरवाही गरी सवारी चलाएको भन्दै पुस महिनामा १२ हजार बढी सवारी साधनहरूलाई कारवाही गरीएको र कारवाही बापत १ करोड बढी राजश्व जम्मा भएको प्रदेश प्रमुख कार्कीले बताए । प्रहरीले २४ नाल अबैध हतियार समेत बिभिन्न खाले बिस्फोटक पदार्थ समेत बरामद गरेको हो ।

प्रदेशका ४० वटा प्रहरी कार्यालयमा पुस महिनामा ५ सय ४६ बटा बिभीन्न मुद्दा दर्ता भएको छ । उनले सुरक्षा खुल्ला सिमानाबाट हुने चोरी तस्करी नियन्त्रणमा प्रहरीको आँखा जाने बताए । गलत मनसायले कुनै प्रहरीले आचरण विरुद्द काम गरेको पाइए तत्काल कार्वाही गर्ने प्रतिबद्दता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?