ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

स्वास्थ्य मन्त्रीकै जिल्लाको अस्पतालमा अक्सिजन प्लान्ट बन्द

बिरामीका आफन्तहरूले अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको गुनासो गर्दै आएका छन् । केहीदिन अघि लुुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले समेत अक्सिजन प्लान्टको छड्के अनुुगमन गरेका थिए ।
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

पाल्पा, १० माघ ।
पाल्पा अस्पतालको बेवास्ताका कारण अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा रहेको प्लान्ट एक वर्ष अघिदेखि बन्द भएको हो । पाल्पा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको गृह जिल्ला हो ।

कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निर्माण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा यहीँबाट अक्सिजन वितरण हुँदै आएपनि एक वर्ष यता बन्द छ । बुुष्टरको हेड बिग्रीएकाले प्लान्ट बन्द रहेको अस्पताल विकास समितिका अध्यक्ष गुुराँस आत्रेयले बताए । उनले भने ‘नेपालमा पार्टपुर्जा नपाउँदा अक्सिजन प्लान्ट मर्मत–सम्भारमा समस्या आएको छ । भारतको लखनउबाट पार्टपूर्जा मगाएका छौं, अब केही दिनमा प्लान्ट सञ्चालनमा आउँछ ।’ आफू नेतृत्वमा नभएको बेला अघिल्लो मेसुुले प्लान्ट सञ्चालनमा चासो नदिँदा एक वर्ष अघिदेखि प्लान्ट नियमित सञ्चालनमा आउन नसकेको अध्यक्ष आत्रेयले बताए । उनले एक वर्षदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन मात्र उत्पादन गर्ने र बाहिर नपठाउने गर्दै आएकोमा तीन हप्ता यता भने पूर्ण रूपमै प्लान्ट बन्द रहेको बताए ।

प्लान्ट बन्द भएपनि अस्पतालमा आउने बिरामीहरूलाई अक्सिजनमा कुनै पनि समस्या नरहेको अध्यक्ष आत्रेयले दाबी गरे । उनले भने ‘अहिले प्लान्ट बन्द रहे पनि बिरामीहरूका लागि कुनै समस्या छैन । हामी कोभिडका बेला ल्याएको कन्सटेटरमार्फत अक्सिजनको परिपूर्ति गर्दै आएका छौं ।’ यता बिरामीका आफन्तहरूले भने अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको गुनासो गर्दै आएका छन् । केही दिन अघि लुुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले समेत अक्सिजन प्लान्टको छड्के अनुुगमन गरेका थिए । उनले अस्पताललाई तत्काल प्लान्ट मर्मत गरी सञ्चालन गर्न निर्देशन समेत दिएका थिए । मन्त्रीको निर्देशनपछि अस्पतालका अध्यक्ष आत्रेयले प्राविधिक बोलाएर छिटो भन्दा छिटो पार्टपूर्जा मगाएर प्लान्टर मर्मत गर्न आग्रह गरे । बिग्रिएको सामान फेर्न २ लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । मेसिनको विषयमा ज्ञान नभएको व्यक्तिले स्वीच अन, अफ गर्दा मेसिनमा समस्या आएको प्राविधिक नवराज बस्यालले बताए ।
२०७८ भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो । संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । प्लान्टका लागि अस्पताल नजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ । प्लान्टबाट दैनिक ७० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?