Butwal Today

सुन चाँदीको भाउ घट्यो

१० माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं,१०  माघ ।

नेपाली बजारमा बिहीबार सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ। यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?