Butwal Today

स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो

१० माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४, लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।

बुधबार बिहान सवा १० बजे खेतमा जेसिबी लगाउँदै गर्दा उक्त बम फेला परेको थियो। बमको सूचना प्राप्त भएपछि श्री सिंह सारदुल गुल्मा आँधीखोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बमलाई डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार, उक्त बम टुइच मोटरमा लाग्ने एचई बम थियो। फलामको बोतलजस्तो आकारको उक्त बम खेतमा कसरी पुगेको भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?