ट्रेंडिंग:

>> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

नवलपरासी, १० माघ ।
रामग्राम विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्मयात्रा) को शुभारम्भ गरेको छ । पटक पटक लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराउँदै आएको विषय बल्ल कार्यान्वयनमा आएको हो ।

बुधवारदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बसको सेवा (धम्मयात्रा) रामग्राम स्तुपसम्म सुरु भएको लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका प्रमुख (मेयर) धनपत यादवले बताए । शुभारम्भको अवसरमा नगर प्रमुख यादव तथा उपप्रखुख सम्झना चौधरी, वडा अध्यक्ष रविन्द्र यादवद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र बसका चालकसहितको टोलीलाई परासी देखि स्तुप सम्म बसमा यात्रा गरेर स्वागत गरिएको थियो । यो सेवा अब उपरान्त कुनै पनि कारणले रोकिनु हुँदैन भन्ने विषयमा लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराइएको छ ।
आशा गरौं बुद्ध स्थलमा पर्यटक आवागमनमा वृद्धि हुनेछ, मेयर यादवले भने, सो बस नवलपरासीकै अनोमाघाट लगायत अन्य बुद्ध स्थलमा पुग्ने गरि रुट बनाउन समेत आग्रह गरिएको छ । भविष्यमा रामग्राम स्तुपलाई नै केन्द्र बनाई कोलिय बौद्ध पर्यटन प्याकेज समेत तयार गरि यस्ता धम्मयात्रा चलाईने योजना समेत उनले सुनाएका थिए । गत महिला कोषकै पहलमो भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पूजा कार्यक्रम सम्पन्न भएको थियो । कोषले पूजा विशेष समारोहको आयोजना गरि पूजा सम्पन्न गराएको हो ।

बिहीबार  विभिन्न देशका भिक्षु तथा बौद्धमार्गी सहितको विशेष पूजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपूजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुनस्र्थापित गर्न हातिद्धारा समेत धातुको पूजा गराइएको प्रमुख यादवले जानकारी गराएका थिए । स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पूजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यसका लागि देशी विदेशी विभिन्न बौद्ध संघसस्थाहरूको पनि क्रियाशिलता बढदै जाँदा हामीलाई हौसला बढाएको छ,े । उनका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गरेको थियो ।

उक्त अवसरमा हात्तीले स्तूपामा फूल चढाउने अनुष्ठानको समेत कार्यक्रम राखिएको थियो । जस्ले रामग्राम स्तूपाप्रति समर्पणको एक अद्भुत र प्रतीकात्मक दृश्य देखिने छ । धम्म प्रवचन र ऐतिहासिक चर्चाका कार्यहरू गरिएको थियो । जस्ले रामग्रामको समृद्ध इतिहास, यसको भविष्यको सम्भावना, र हाम्रो साझा दृष्टिकोणबारे आध्यात्मिक नेताहरू र विशेषज्ञहरूद्वारा विशेष जानकारी गराइएको थियो । जुन अभूतपूर्व कार्यक्रम रामग्राम बिकाश कोष द्वारा आयोजित भएको दाबी गरिएको छ । संस्था हाम्रो पवित्र सम्पदाको संरक्षण, रामग्रामलाई विश्वस्तरमा प्रवर्धन गर्ने, र यसलाई नेपालको सांस्कृतिक र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निरन्तर कार्यरत रहेको छ ।

कायक्रम पश्चात केही चिनिया लगानीकर्तासँग रामग्राम स्तुप क्षेत्र सहित रामग्राम नगरपालिकाको समग्र समृद्धिका लागि लगानी सम्मलेन जस्तो कार्य पनि नगरपालिकामा हुने उनको भनाई रहेको थियो । यस कार्यमा स्थानियबासीको पनि सक्रिय सहभागिता देखिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, पुजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो ।

रामग्राम स्तुपमा स्वयं भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ र अर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्तुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ ।

सन् १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ । तर, त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्, लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो, रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो ।

भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रूपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरूको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरूप सञ्चालन गरिएको छ ।
एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?