ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

पुँजीगत खर्च बढाउन पहल गर

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको पुँजीगत खर्चको अवस्था कहालीलाग्दो छ । प्रदेश सरकारले जम्मा १६ प्रतिशतमात्रै पुँजीगत खर्च गर्न सफल भएको छ । प्रदेश सरकारकोमात्रै होइन, संघीय सरकारको समेत यही अवस्थाले आम सर्वसाधारण नागरिकलाई चिन्ता लाग्नु स्वाभाविक छ । आर्थिक बर्षको पहिलो ६ महिना पुँजीगत खर्च बढाउन नसक्ने तर आर्थिक बर्ष सकिन लाग्दा असारे विकासको नाममा हचुवाका भरमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म देशमा विकास संभव छैन् । यो बिषयमा संघीयमात्रै होइन लुम्विनी प्रदेश सरकारको समेत ध्यानाकर्षण जरुरी छ । लुम्विनी प्रदेश सरकारले ६ महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च गर्नु र कुनै कुनै मन्त्रालयको बजेट अहिलेसम्म पनि खर्च नभएको अवस्था देख्दा चिन्ता लाग्नु स्वाभाविक छ । समयमा बजेट खर्च नहुने र असारमा मात्रै एकैपटक गुणस्तरहीन काम गर्ने विगतदेखिको पुरानो परम्पराले प्रदेशको विकास कसरी होला ? चिन्ताको बिषय वनेको छ । यद्यपि प्रदेश सरकारका तर्फबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्रीले निर्देशनकै क्रममा परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने बताउनु भएको छ । परिवर्तीत सन्दर्भमा नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । मुख्यमन्त्रीले बोलेको कुरा ठिक हो तर ब्यवहारमा कार्यान्वयनमै आउन सक्दैन । यही बिडम्वना छ । खर्चको अवस्था हेर्दा लुम्विनी प्रदेशपनि केन्द्रमा जस्तै खर्चमा कमजोर देखिएको छ । अव प्रदेश सरकारले कामको गति बढाउनु जरुरी छ । नेपालको बिकास खर्चको अवस्था हेर्दा बिजोग लाग्ने अवस्था छ । यसमा सुधार कहिले होला ? उता छिमेकी मुलुक भारत र चीन खर्चको सिमालाई अधिकतम सदुपयोग गर्दै विश्वकै ठूलो अर्थतन्त्र भएका देशमा नम्बर एकमा पर्ने प्रतिष्पर्धामा छन् । दुई छिमेकमा विकासको गतिले आकास चुम्ने अवस्थामा नेपालको काम गराइ कछुवा गतिमा भन्दा तल छ । यसतर्फ सरकार हाँक्नेहरू अन्जान छैनन् । तर, काम गराइ पटक्कै नमिल्दा परिणाम निस्कन सकेको छैन् ।

प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा आशा जगाउने तर अन्तिममा निरास बनाउने प्रवृत्ति वर्षौदेखि कायमै छ । मुलुकमा उत्पादन, रोजगारी, आयआर्जनलगायत अर्थतन्त्रको विकाससँग सरोकार राख्ने धेरै पक्षलाई अगाडि बढाउन खर्चको भूमिका महत्वपूर्ण छ तर काम समयमा नबनेपछि प्रतिफल पाउनबाट मुलुक वञ्चित भएको छ । सरकारले पहिलो प्राथमिकता दिएको बताएपनि मुलुकमा किन पुँजीगत खर्च बढ्न सकेको छैन भन्ने विषय पेचिलो बन्दै गएको छ । समयमा काम नगर्नुमा सबैभन्दा ठूलो दोष सरकार, कर्मचारी र ठेकेदार कम्पनीको हो । काम नहुनुका पछि यस प्रकारको प्रवृत्ति नियन्त्रणमा ध्यान जाओस् । अर्कोतर्फ नेपालका अर्थबीदहरूले आर्थिक वर्षको वर्तमान संरचनामा परिवर्तन गर्न बर्षौदेखि दिएको सुझाव कार्यान्वयन गर्नेतर्फ कुनैपनि सरकारले चासो नदिनु दुःखद पक्ष हो । अर्थवीदहरूले आर्थिक बर्षको अन्तिम महिना चैतलाई वनाउन सुझाव दिएका छन । तर, यो सुझाव कार्यान्वयनमा वेवास्ता गरिएको छ । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले समेत आर्थिक बर्षको वर्तमान संरचना रहेसम्म विकासको यही अवस्थामा सुधार नहुने वताउँछन । असारमा आर्थिक बर्ष सकिएर साउनदेखि नयाँ आर्थिक बर्ष सुरु हुँदा दुई महिना बर्षाले प्रभावित गर्ने र त्यसपछि दुई ठूला दशैं र तिहार चाडले विकासको काम अघि बढाउन ढिलाई हुने भएकोले अर्थवीदहरूले नयाँ आर्थिक बर्ष बैशाखदेखि गर्नुपर्ने भन्दै दिएको सुझाव सान्दर्भिक छ । अव त्यस बिषयमा बहस चलाउनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?