ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार
दाङ, १० माघ ।
दाङको घोराहीमा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । प्रशिक्षणमा दाङसहित विभिन्न जिल्लाबाट ४० जनाको सहभागीता रहेको छ ।
घोराही उपमहानगरपालिका अन्तरगत रहेको नगर खेलकुद विकास समितिको आयोेजना तथा अखिल नेपाल फुटबल संघ, एन्फाको प्राविधिक सहयोगमा दक्ष फुटबल प्रशिक्षक उत्पादन गर्न र खेलकुदको  संस्थागत विकास गर्न बिहीबारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु भएको हो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको प्रवद्र्धन गर्न प्रशिक्षण आवश्यक रहेको बताए । पालिकाले प्रशिक्षण कार्यक्रम गरेर प्रशिक्षकको दक्षता वृद्धि गर्दै खेलकुद विकासमा ध्यान दिनु सराहनीय पक्ष रहेको बताए । खेलाडी उत्पादनमा तल्लो तहदेखि ध्यान दिएर भौतिक पूर्वाधार विकास गर्न र खेलमा लगानी बढाउन राज्यले ढिलाई गर्न नहुने उनको जोड थियो । सहभागी प्रशिक्षार्र्थीलाई खेल भावनाको विकासमा ध्यान दिएर प्रशिक्षण गर्न अपिल गरे ।
म्याच फिक्सिङ, डोपिङ, खेलाडी पलायन, खेलमा निरन्तरता चुनौति रहेको हुँदा यसमा प्रशिक्षकले आफुले बुझ्न र अरुलाई पनि बुझाउन सुझाव दिए । यसैगरी, आफुले खेलकुद अतिरिक्त क्रियाकलाप नभई अनिवार्य शिक्षा हुनुपर्नेमा जोड दिँदै आएको तथा सामाजिक उत्तरदायित्व अन्तरगत खेलमा लगानी हरेक क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले पालिकाले पूर्वाधार विकाससँगै मानवीय विकासमा ध्यान केन्द्रित गरेको हुँदा खेलकुद गतिविधि प्रभावकारी बनाउन र स्वस्थ नागरिक उत्पादन गर्न नगर खेदकुद विकास समितिमार्फत काम गरिरहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन नागरिक स्वास्थ हुन आवश्यक रहेको उनको भनाई थियो । यसका लागि खेलकुदका गतिविधिबाट मात्रै नागरिक स्वस्थ हुने नीतिका साथ पालिकाले खेलकुदका गतिविधि गरिरहेको बताए ।
खेलकुदको विकासका लागि नगर खेलकुद विकास समितिले स्पष्ट नीति बनाउँदै प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका कार्यक्रम गरिरहेको नगर खेलकुद विकास समितिका सदस्य केशव थापाले  बताए  ।
एन्फाका हेड अफ एजुकेसन कोच सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकजबहादुर शाहीले प्रशिक्षण दिई  रहेका छन्  । चार दिन हुने प्रशिक्षण बारे जानकारी गराउँदै प्रशिक्षक सिंहले दाङमा भईरहेको एन्फा कम्युनिटी कोचिङ कोर्श छयालिसौँ ब्याचका रुपमा रहेको बताए  । हालसम्म १४ सय प्रशिक्षक तयार भईसकेको जानकारी गराउँदै चार दिने सैद्धान्तिक र प्रयोगात्मक कक्षाको भरपूर लाभ उठाउन अपिल गरे  ।
फुटबल प्रशिक्षणका लागि दाङबाट २१  जना,  बाँकेबाट ४ जना, रौटहट र कपिलबस्तुबाट ३–३ जना, रुकुमपूर्व र रोल्पाबाट २–२ जना, स्याङ्जा, रुपन्देही, प्युठान, खोटाङ, सुनसरीबाट १–१ जना गरी ४० जना सहभागी भएका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिए ।
नगर खेलकुद विकास समितिले आयोजना गरेको एन्फा कम्युनिटी कोचिङ कोर्समा देशका विभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागीता भएको जनाउँदै उनले आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्न उत्साह थपेको संयोजक पुनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?