Butwal Today

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन

१० माघ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, १० माघ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुख पदका लागि दुई जनाले मात्र आवेदन दिएका छन्।

शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो, जसपछि जम्मा दुई जनाको आवेदन प्राप्त भएको हो।

उम्मेदवारका रूपमा अक्कलदेव मिश्र र उद्धव सिग्देलको नाम परेको छ। अब सिफारिस समितिले यी दुई जनालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

केन्द्रीय क्याम्पसमा अहिले ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?