ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

तीन मुरी धान फल्ने खेतमा तीन लाखका सुन्तला

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

सल्यान,१० माघ ।
सुन्तला खेतीका लागि प्रख्यात सल्यानको बागचौर नगरपालिका वडा नम्बर–९ का किसानले धान खेतमा सुन्तलाको बगैंचा बिस्तार गरेर मनग्ये आम्दानी गरेका छन् । धामीढुंगाका किसान कमल डाँगीले तीन मुरी धान फल्ने खेतमा तीन लाख रूपैयाँको सुन्तला उत्पादन हुने गरेको बताए । धान खेतीको सट्टा सुन्तला खेतीमा उत्कृष्ट परिणाम प्राप्त भएपछि उनी बगैंचा बिस्तारमा लागेका छन् ।

धान खेतीबाट निकै कम आम्दानी हुने गरेकोमा कमलले आर्थिक दृष्टिकोणबाट सुन्तला खेतीलाई राम्रो विकल्पको रूपमा अंगालेका हुन् । उनले भने, ‘फलफूलबाट नगद र राम्रो आम्दानी हुने भयो । धान रोप्दा तीन मुरी मात्रै फल्थो, त्यही खेतमा सुन्तला खेती गर्नथालेपछि तीन लाख आम्दानी हुन्छ ।’

सुन्तला बगैंचामा लगानीको अवस्था र माटो, हावा, पानी अनुकुल देखेका यहाँका किसानहरूले सुन्तला खेतीबाट राम्रो आम्दानीको अवसर देखेका छन् । ‘१०/१२ वर्ष अघि खेतमा सुन्तला रोपेका थियौँ, फल्न सुरु गरेको पाँच वर्षजति भयो,’ उनले भने, ‘गाउँसम्म बाटोघाटोको सुबिधा भएपछि बिक्री गर्न पनि सजिलो भएको छ । व्यापारीहरू पनि घरसम्मै आउँछन् ।’ केही समय अघि ६० देखि ६५ रूपैयाँ प्रतिकिलो सुन्तला बिक्री हुनेगरेकोमा अहिले प्रतिकिलो १०० रूपैयाँ सम्म बगैचाबाटै बिक्री हुनेगरेको कमलको भनाइ छ । उनका अनुसार सुन्तलाबाट प्राप्त हुने आम्दानी धान खेतीको तुलनामा धेरै हदसम्म बढी रहेको छ । सुन्तलाको बजारमा राम्रो माग र मूल्य पनि आकर्षक भएकाले कृषकहरूले धान खेतीको सट्टा फलफूल उत्पादन र बागवानी क्षेत्रमा ध्यान केन्द्रित गर्दै आफ्नो व्यवसायलाई अघि बढाएका हुन् । कमल भन्छन्, ‘सामान्य खेती गरेका किसानले पनि दुई/तीन लाख सम्म आम्दानी गर्छन् । हाम्रै ९ नम्बर वडामा ठूलो बगैचा भएका किसानले २५ देखि ३० लाख रूपैयाँसम्म कमाउँछन् ।’

धामीढुंगाकै युवा कृषक अशोक प्रकाश डाँगीले बाँझो रहेको पाखा, बारी र खाली जमिनमा कृषि कर्मल गरेमा गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने बताए । ‘खाडी मुलुकमा गएर जोखिम मोल्दै ४०/५० हजार कमाउनुभन्दा आफ्नै गाउँठाउँमा बाँझो जमिनमा फलफूल खेती गर्ने हो भने त्यहाँको भन्दा आकर्षक आम्दानी गर्न सकिन्छ’, उनले भने । आफूहरूले उत्पादन गरेको सुन्तला काठमाण्डौँ, धनगढी, कैलालीसम्म पु¥याउने गरेको उनको भनाइ छ ।

स्थानीय व्यापारी निर्मल वलीले सुन्तलाको बजार राम्रो भएपछि ग्रेडिङमा समस्या रहेको बताउँछन् । ‘ठूला र राम्रा दानाले उचीत मूल्य पाउँछन्, तर किसानहरूले साना दाना पनि लगिदिनुपर्छ भन्नुहुन्छ । यस कारण बजारमा दाना छान्ने र तिनको मूल्य निर्धारणमा अलिकति समस्या उत्पन्न भएको छ’, उनले भने । यस समस्याले गर्दा किसान र व्यापारी दुवैलाई केही चुनौतीहरू देखापरेका छन् । किसानहरूले उत्पादन गरेको प्रत्येक सुन्तलालाई उचित मूल्यमा बेच्न चाहेपनि साना दाना भएका फलहरूलाई थोरै मूल्यमा बेच्नुपर्ने स्थिति सिर्जना भएको छ ।

अर्काेतर्फ नगरपालिकाले सुन्तला निकासीमा बढी कर लगाउँदा पनि व्यापारीहरूलाई समस्या भएको व्यापारी निर्मल बताउँछन् । ‘साना गाडीहरूलाई १५ सय देखी २ हजार सम्म कर काट्छ । ठूला गाडीको त्यसैगरी कर काटिरहेको छ । यसले व्यापारीहरूलाई मर्का परेको छ’, उनले भने । कर उठाएर नगरपालिकाले किसानको गाउँसम्म पुग्ने मोटरबाटो सुधारमा पनि ध्यान नदिएको उनको भनाइ छ । बागचौर नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भइ निकासी हुने सबै प्रकारका फलफूलमा प्रतिकिलो एक रूपैयाँ कर उठाउने गरेको छ । सल्यानमा वि.सं. २०५० देखि व्यवसायिक रूपमा सुन्तला खेती सुरु भएको हो । जिल्लाभर १६७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?