© 2026
डडेल्धुरा, १० माघ।
प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ नेतृत्वले खुल्ला उपाध्यक्षमा मदनराज भट्ट र महिला उपाध्यक्षमा भावना पौडेललाई चयन गरेको छ। सचिवको जिम्मेवारी ममता भट्टले पाएका छन् भने कोषाध्यक्षको पदमा भुवन भण्डारी चयन भएका छन्।
अधिवेशनले सहसचिवको पदमा वीरबहादुर भण्डारी र समावेशी सहसचिवको रूपमा भोजराज ताम्रकारलाई चयन गरेको छ।