ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार
दाङ, १० माघ ।
दाङको घोराहीमा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । प्रशिक्षणमा दाङसहित विभिन्न जिल्लाबाट ४० जनाको सहभागीता रहेको छ ।
घोराही उपमहानगरपालिका अन्तरगत रहेको नगर खेलकुद विकास समितिको आयोेजना तथा अखिल नेपाल फुटबल संघ, एन्फाको प्राविधिक सहयोगमा दक्ष फुटबल प्रशिक्षक उत्पादन गर्न र खेलकुदको  संस्थागत विकास गर्न बिहीबारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स शुरु भएको हो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको प्रवद्र्धन गर्न प्रशिक्षण आवश्यक रहेको बताए । पालिकाले प्रशिक्षण कार्यक्रम गरेर प्रशिक्षकको दक्षता वृद्धि गर्दै खेलकुद विकासमा ध्यान दिनु सराहनीय पक्ष रहेको बताए । खेलाडी उत्पादनमा तल्लो तहदेखि ध्यान दिएर भौतिक पूर्वाधार विकास गर्न र खेलमा लगानी बढाउन राज्यले ढिलाई गर्न नहुने उनको जोड थियो । सहभागी प्रशिक्षार्र्थीलाई खेल भावनाको विकासमा ध्यान दिएर प्रशिक्षण गर्न अपिल गरे ।
म्याच फिक्सिङ, डोपिङ, खेलाडी पलायन, खेलमा निरन्तरता चुनौति रहेको हुँदा यसमा प्रशिक्षकले आफुले बुझ्न र अरुलाई पनि बुझाउन सुझाव दिए । यसैगरी, आफुले खेलकुद अतिरिक्त क्रियाकलाप नभई अनिवार्य शिक्षा हुनुपर्नेमा जोड दिँदै आएको तथा सामाजिक उत्तरदायित्व अन्तरगत खेलमा लगानी हरेक क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले पालिकाले पूर्वाधार विकाससँगै मानवीय विकासमा ध्यान केन्द्रित गरेको हुँदा खेलकुद गतिविधि प्रभावकारी बनाउन र स्वस्थ नागरिक उत्पादन गर्न नगर खेदकुद विकास समितिमार्फत काम गरिरहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन नागरिक स्वास्थ हुन आवश्यक रहेको उनको भनाई थियो । यसका लागि खेलकुदका गतिविधिबाट मात्रै नागरिक स्वस्थ हुने नीतिका साथ पालिकाले खेलकुदका गतिविधि गरिरहेको बताए ।
खेलकुदको विकासका लागि नगर खेलकुद विकास समितिले स्पष्ट नीति बनाउँदै प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका कार्यक्रम गरिरहेको नगर खेलकुद विकास समितिका सदस्य केशव थापाले  बताए  ।
एन्फाका हेड अफ एजुकेसन कोच सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकजबहादुर शाहीले प्रशिक्षण दिई  रहेका छन्  । चार दिन हुने प्रशिक्षण बारे जानकारी गराउँदै प्रशिक्षक सिंहले दाङमा भईरहेको एन्फा कम्युनिटी कोचिङ कोर्श छयालिसौँ ब्याचका रुपमा रहेको बताए  । हालसम्म १४ सय प्रशिक्षक तयार भईसकेको जानकारी गराउँदै चार दिने सैद्धान्तिक र प्रयोगात्मक कक्षाको भरपूर लाभ उठाउन अपिल गरे  ।
फुटबल प्रशिक्षणका लागि दाङबाट २१  जना,  बाँकेबाट ४ जना, रौटहट र कपिलबस्तुबाट ३–३ जना, रुकुमपूर्व र रोल्पाबाट २–२ जना, स्याङ्जा, रुपन्देही, प्युठान, खोटाङ, सुनसरीबाट १–१ जना गरी ४० जना सहभागी भएका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिए ।
नगर खेलकुद विकास समितिले आयोजना गरेको एन्फा कम्युनिटी कोचिङ कोर्समा देशका विभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागीता भएको जनाउँदै उनले आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्न उत्साह थपेको संयोजक पुनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?