Butwal Today

नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

९ माघ २०८१, बुधबार
अ+
अ-

काठमाडौं, ९ माघ ।

अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अस्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न सफल भएको छ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा ३ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन् भने एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाएर १४० रनको लक्ष्य प्रस्तुत गरे।

यता, नेपालका लागि भने कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिन सफल भएका थिए।