© २०२३
दाङ,९ माघ।
दाङमा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ कचिला राम जानकी टोलका गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागी भएको तुलसीपुर–१२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए। टिनले छाएको कच्ची घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा भएको नगद एक लाख बढी , लत्ता कपडा र जीन्सी सामान गरी करिब चार लाख बढीको क्षति भएको छ । मानविय क्षति भने हुन नपाएको वडा अध्यक्ष चौधरीले बताए । आज विहान ७ बजेतिर विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायतामा नियन्त्रण लिइएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
आगो नियन्त्रणमा लिनको लागि विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रमा फोन गरेर लाइन काट्न लगाएपछि सहज भएको हो । गोल्चीको घरमा दुई छोरा, एक छोरी, नातीनी र बुहारी गरी ६ जनाको परिवार रहेको छ ।