ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

चीनमा ‘लाइभ स्ट्रिम’बाट आमा भन्दै २ वर्षमा १ करोड बढी ठगी, १० वर्ष जेल

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

बेइजिङ, ९ माघ ।

आजभोली मानिसहरू ठगी गर्नका लागि जुनसुकै हदसम्म जान तयार छन् । भावनासँग खेलवाड गर्ने होस् वा सम्बन्धको महत्त्वलाई नष्ट गर्ने होस्, पैसाको लोभमा केही मानिसले सबै कुरा दाउमा लगाउँछन्।

चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ। यहाँ लाइभ स्ट्रिम गर्ने एक व्यक्तिले पहिले महिलालाई आमा बनाएर अनौठो तरिकाले ठगी गरेको खुलेको छ।

चीनको शाङ्गहाईकी एक ७० वर्षीया महिला अनौठो ठगीको सिकार भएकी छन्। ती महिला अविवाहित थिइन् र उनका आफ्ना कोही थिएन। सन् २०२२ मा उनकी भान्जीलाई थाहा भयो कि उनी लगातार अपरिचित व्यक्तिलाई पैसा हस्तान्तरण गरिरहेकी छिन्। उनले यसबारे सोध्दा निकै चकित पार्ने जानकारी बाहिर आयो।

उत्तरपश्चिमी चीनको शान्सी प्रान्तका एक पुरुष झि लु वाङले ती महिलालाई आफूले मानिसहरूको समस्या समाधान गर्न, किसानहरूलाई सुस्त बिक्री हुने उत्पादनहरू बेच्न र हराएको मानिसलाई आफ्नो घर फेला पार्न मद्दत गरेको बताए। उनको दयाले गर्दा उनीप्रति आकर्षित भएको महिलाले बताइन्। यी दुई बीच पहिलो पटक सन् २०२१ मा लाइभ स्ट्रिममार्फत कुराकानी सुरु भएको थियो र पछि फोनमा कुरा गर्न थालिएको थियो।

ठगी गर्ने व्यक्तिले ती वृद्धालाई फोन गरेर महिलाको विश्वास जित्न थाले र आफ्नो छोरा भएको बहाना गरी दिनहुँ कुरा गर्ने गर्दथे। बिस्तारै उसले ऋणमा पैसा लिन थाल्यो र पेटको क्यान्सर भएको बहाना बनायो। प्रेमिकालाई गर्भपतन आवश्यक छ र उनको बुबा गम्भीर बिरामी छन भनेर निरन्तर पैसा मागिरह्यो। ती महिला उसका पासोमा फसिन र निरन्तर पैसा पठाउन थालिन्। यति मात्र होइन, ती महिलाले पुरुषलाई सहयोग गर्न अरुसँग पैसा पनि लिएकी थिइन्।

लामो समय पछि ती पुरुषमाथि शंका लागेपछि महिलाले प्रहरीमा उजुरी गरिन्। अनुसन्धानमा धेरै चकित पार्ने जानकारी बाहिर आएको छ। उक्त व्यक्तिले सामाजिक सञ्जालमा ४ वटा अकाउन्ट चलाउने र त्यसबाट मानिसलाई ठगी गर्ने गरेको पाइएको छ। प्रहरीले अभियुक्तलाई पक्राउ गरी दुई वर्षमा महिलालाई झण्डै १ करोड ५ लाख नेपाली रुपैयाँ बराबर ठगी गरेको पुष्टी हुन आएको थियो।

त्यसपछि उक्त व्यक्तिलाई साढे दस वर्षको जेल सजाय र एक लाख युआन जरिवाना गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?