Butwal Today

घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाको खुलासा

९ माघ २०८१, बुधबार
अ+
अ-

मुम्बइ, ९ माघ ।

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’को कारण चर्चामा छिन्।

अहिले यो फिल्मको तारिफ भइरहेको छ भने इन्दिरा गान्धीको भूमिका निभाएकी कंगनाको अभिनयको पनि निकै तारिफ भइरहेको छ। योसँगै फिल्मको बक्स अफिस कलेक्शन पनि राम्रो छ। यसैबीच कंगनाले केही यस्ता खुलासा गरेकी छिन्, जसले मानिसलाई अचम्ममा पारेको छ।

कंगना रनौतले फिल्म ‘इमर्जेन्सी’ बनाउन निकै कठिनाइको सामना गर्नुपरेको बताइन्। उनले यो फिल्मका लागि आफूलाई कसैको सहयोग नलिएको बताउँदै आफ्नो मेहनतले यो फिल्म बनाएको जानकारी दिएकी थिइन्। उनले आफैंले फिल्म निर्देशन गरेकी थिइन् र इन्दिरा गान्धीको भूमिका पनि निभाएकी थिइन्।

कंगनाले यो फिल्म बनाउनको लागि आफ्नो घर धितो राख्नु परेको खुलासा गरेकी छिन्। उनका अनुसार कुनै पनि निर्माता वा ओटीटी प्लेटफर्मले उनलाई कुनै मद्दत गरेनन्। कंगनाको यो भनाइ सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

‘इमर्जेन्सी’ मा कंगनासँगै अनुपम खेर, श्रेयस तलपदे, महिमा चौधरी र स्वर्गीय सतीश कौशिक जस्ता स्टारहरू पनि महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। सैकनिल्कका अनुसार यो फिल्मले चार दिनमा भारतमा ११ करोड ४० लाख मात्रै कमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?