© २०२३
गुल्मी, ०९ माघ ।
गुल्मीमा राष्ट्रिय भुूमी आयोगका नवनियुक्त जिल्ला अध्यक्ष कृष्ण सुनारले पदभार ग्रहण गरेका छन । नवनियुक्त जिल्ला अध्यक्ष सुनारले सदरमुकाम तम्घासमा एक कार्यक्रमका बीच पदभार ग्रहण गर्दै जिल्लामा भूिमहीन सुकुम्वासीहरूका समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।पदभार ग्रहणपछि उनले जिल्लाभर रहेका भूमीहिन दलीत, भूिमहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आफू लागिपर्ने बताए । भूिमहीनका समस्या समाधानको राष्ट्रिय भूमी आयोगले सबैको साथ र सहयोग लिएर जिल्लामा देखिएका समस्या समाधान गर्ने बताए । त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको अध्यक्ष सुनारको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नवनियुक्त अध्यक्ष सुनारलाई बधाई दिदैं वषौंदेखि भूिमहीन दलित, भूिमहीन सुकम्बासी र अव्यवस्थित बसोबासीको समस्या यथावत रहेको भन्दै त्यसको समाधान गर्नु पर्नेमा जोड दिए । उनले अहिलेको अबस्थामा आयोगले भूमी सम्बन्धी समस्या समाधानका लागि परिणाम देखिनेगरि काम गर्नुपर्ने सुझाब दिएका छन ।
पदस्थापन कार्यक्रममा नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले अहिलेको अबस्थामा आयोगले वास्ताबिक भूमिहीनहरूको समस्याको पहिचाहन गरि सबैको सल्लाह र सुझाव लिएर काम गर्नुपर्ने बताए । उनले भूमीको समस्या कुनै राजनितिक दलको समस्या नभई यो सबैको साझा समस्या भएको बताए थिए ।
जिल्लामा यस अघि भूमी आयोगले करिव २ हजार ६ सय भूमिहीन दलित, भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोबासीहरूले जग्गा प्राप्तीका लागि आवश्यक बिवरण समेत सङकलन गरिसकेको छ । आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा केही पालिकाहरूमा लालपूर्जा बितरण कार्य शुरु गरेको थियो ।
सरकारको परिवर्तनसँगै मन्त्रिपरिषद् बैठकले भूमी आयोग खारेज गरेपछि जिल्लामा स्थानीय तहहरूबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, प्रमाणीकरण गर्ने लगायतका कामहरू रोकिएको थियो । गुल्मीमा राष्ट्रिय भुूमी आयोगको जिल्ला अध्यक्षको पदस्थापन भएपनि अन्य सदस्यहरूको भने आधिकारीक रूपमा अझै टुङ्गो लागि नसकेको अध्यक्ष सुनारले जानकारी दिएका छन ।